प्याराग्लाइडिङ दिनदिनै दुर्घटना भएपछि तत्काललाई अब एक्लै उड्न नपाईने (विज्ञप्ती सहित)

प्याराग्लाइडिङ दिनदिनै दुर्घटना भएपछि तत्काललाई अब एक्लै उड्न नपाईने (विज्ञप्ती सहित)

Paragliding1

पोखरा । पोखरामा तीन दिनसम्म लगातार प्याराग्लाइडिङ दुर्घटना भएपछि नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयले सोलो उडान बन्द गरेको छ । विदेशी पाइलटले तोकिएको एयर स्पेसभन्दा बाहिर गएर प्याराग्लाइडिङ गर्दा दुर्घटना बढेको भन्दै कार्यालयले उडान बन्द गरेको हो ।

कार्यालयले मंगलबार सूचना प्रकाशित गरी अर्को सूचना जारी नहुँदासम्म उडान बन्द गरेको जनाएको छ । मनोरञ्जनात्मक उड्डयन नियमावली २०६९ को दफा १७ को व्यवस्था अनुसार प्याराग्लाइडिङ कम्पनीले सञ्चालन प्रमाणपत्र लिन्छन् । विदेशी नागरिकले गैरव्यावसायिक उडान भर्न चाहेमा ५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्छ । उनीहरुले १५ दिनलाई उडान अनुमति पाउँछन् । उड्न चाहने विदेशीले नेपालकै कम्पनी मार्फत आवेदन दिनुपर्छ । कम्पनी मार्फत उडान अनुमति लिएका सोलो पाइलटले तोकिएको एयर स्पेश र सर्त बमोजिम उडान नगरेको प्राधिकरणका पोखराले विज्ञप्तीमार्फत जनाएको छ ।

उडान सुरक्षालाई दृष्टिगत गरी थप जनधनको क्षति हुन नदिन केही दिनलाई उडान रोकिएको ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ