तनहुँमा रिजर्भ जीप दुर्घटनाः दुईको मृत्यु, ११ घाईते, ३ गम्भिर

तनहुँमा रिजर्भ जीप दुर्घटनाः दुईको मृत्यु, ११ घाईते, ३ गम्भिर

Jeep

फाइल तस्वीर

तनहुँ । बन्दीपुर ३ तामुङबाट दमौली आउँदै गरेको ग १ ज २९०७ नम्बरको जीप व्यास नगरपालिका वडा नं १२ घाँसीकुवामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मुत्यु हुनेमा बन्दिपुर ३ रामकोटका ७५ बर्षिय बुद्धि बहादुर थापा मगर र दुर्घटनामा गम्भीर घाईते भएका व्यास नगरपालिका १४ केशवटारका जीपका चालक ३५ वर्षीय बिमल घर्ती रहेको प्रहरीले जनाएको छ । उनको उपचारका लागि पोखरा ल्यार्ईंदै गर्दा बाटैमा ज्यान गएको हो ।बुद्धि बहादुरको भने यसअघि नै उपचारको क्रममा दमौली अस्पतालमा मुत्यु भएको थियो । 

जीप गुडिरहेको अवस्थामा अगाडी टायर पञ्चर हुदाँ सडकबाट तल खसेको ट्राफिक प्रमुख प्रहरी नायव निरीक्षक पूर्णबहादुर अधिकारीले जानकारी दिए । दुर्घटनामा परी अन्य ११ जना घाईते भएका छन् । घाईते हुनेमा होमबहादुर थापा, घनश्याम थापा, सावित्री थापा, कुमार बस्याल, देवीमाया थापा, खुममाया थापा लगायत रहेको र रत्नहरी मेमोरियलमा उपचार भइरहेको ट्राफिक प्रहरी मोहन गिरीले जानकारी दिए । गम्भिरलाई भने पोखरा रेफर गरिएको छ । दुर्घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ