गण्डक न्यूज, पोखरा २० फागुन । प्याराग्लाइडिङ दुर्घटनामा परी रोमानियाली पर्यटकको ज्यान गएकै भोलिपल्ट सोमबार पनि दुई दुर्घटना भएका छन् । कास्कीको माछापुच्छ्रे र मादी गाउँपालिकामा प्याराग्लाइडिङ उडान भरेका दुईजना विदेशी पाइलट घाईते भएका हुन् । दुर्घटनामा परेका मध्ये एकजनाको अवस्था गम्भिर छ भने अर्का सामान्य छन्।
प्रहरीका अनुसार माछापुच्छ्रे गाउँपालिका–९ ठाँटीमा पोर्चुगलका एकजना विदेशी प्याराग्लाइडिङ दुर्घटनामा परेका हुन् । उनको परिचय खुलेको छैन । स्थानीयका अनुसार विद्युत तारमा अड्केका ती पाइलटलाइ करेन्ट लाग्दा भुईमा पछारिन पुगेका थिए। उनको बायाँ हात जलेको छ । गाउँलेले उद्धार गरी प्रहरीलाई जिम्मा लगाएको छ । स्थानीय राम गुरुङका अनुसार उनी सहित २० जना जति विदेशी मर्दी हिमाल पदयात्राको हाईक्याम्पबाट उडेका थिए। फरक फरक ठाउँमा विदेशी अवतरण गरेका थिए।
यस्तै, मादी गाउँपालिका–७ छाचोकमा रसियाका पाइलट दुर्घटनामा परेका छन् । वडा अध्यक्ष लालबहादुर गुरुङका अनुसार ६३ वर्षिय इलगिज यागुदिन भोगटेको रुखमा अड्केका थिए। उनलाई अर्को रुखबाट गएर डोरी बाँधेर स्थानीय विजय खत्री र मनोज लामिछानेले उद्धार गरेको गुरुङले बताए। गुरुङका अनुसार स्थानीय छिरखने पाखाको वनमा रहेको भोगटेको रुखमा ग्लाइडर सहित खसेका उनी निकै नै अप्ठेरोमा परेका थिए। उनलाई दुई घण्टाको प्रयासमा उद्धार गरिएको हो । दिउँसो साढे १२ बजेदेखि झण्डै पौने ३ बजेसम्म लागेको थियो ।

आइतबार मात्र सराङकोटबाट उडेका रोमानियाका पाइलट इबि चिसजिरले प्याराग्लाइडिङ दुर्घटनामै ज्यान गुमाएका थिए। सराङकोटबाट उडेका उनी एकाएक तालमा खसेका थिए। उनलाई अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

तस्विर सौजन्य : लालबहादुर गुरुङ
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने