दिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल भारतकै सबैभन्दा ठूलो र विश्वमै ठुला विमानस्थलको सूचिमा रहेको विमानस्थल हो । यस विमानस्थलको नाम इन्दिरा गान्धीको स्मरणमा नामाकरण गरियो । राजा त्रिभुवनको नामबाट नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नामाकरण गरियो । गौतम बुद्ध नाममा एयरपोर्ट बन्दैछ । व्यक्तिका नामहरुमा धेरै एयरपोर्ट छन्, यी त एक दुई उदाहरण मात्रै हुन् । अब पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको नाम रविन्द्र अन्तर्राष्ट्रिय विमानस्थल हुनुपर्ने आवाज जनस्तरमा उठिसकेको छ ।
पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि एक वर्षको छोटो अवधिमै रविन्द्र अधिकारीले उड्डयन क्षेत्रमा ठूलो कामको थालनी गरिसकेका छन् । भिजिट नेपाल २०२० लाई सफल पार्ने एकमात्र ध्येयका साथ अघि बढेका अधिकारीको फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा अन्य ६ जना सहित ज्यान गयो । अब अधिकारीको स्मृतिमा गृहनगरको एयरपोर्ट उनकै नाममा राख्नुपर्ने आवाज उठेको हो ।
उसो त पोखरा विमानस्थल बनाउने उनले वर्षौं अघिदेखि नेतृत्वदायी भूमिका खेले । विमानस्थल निर्माणका लागि सहयोग गर्न गठित उच्चस्तरीय सहयोग समितिका संयोजक भएर लामो समय अगुवाई गर्ने व्यक्ति उनै हुन् । पछिल्लो समय उनकै स्थानीय संयोजनमा विमानस्थल निर्माणका लागि मुआब्जादेखि निर्माण कार्य अघि बढेको छ । हरेक पटक पोखरा आउँदा उनी प्रगति विवरण बुझ्न आफै फिल्डमा जान्थे । सम्पर्कमा रहिरहन्थे ।
पोखरा पर्यटन परिषदले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई रवीन्द्र अधिकारीको नामबाट राख्न अनुरोध गरेको छ । परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलद्वारा जारी विज्ञप्तिमा पोखराको धरोहर स्वर्गीय रवीन्द्र अधिकारीको सम्मान र देशले गुमाएको पीडालाई भुल्न सघाउ पुग्ने भन्दै अन्तर्राष्ट्रिय विमानस्थल नामकरण गर्न नेपाल सरकार, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिकासँग अनुरोध गरिएको छ ।
पर्यटन क्षेत्रमा अलुलनीय योगदान दिएका मन्त्री अधिकारीले नेपाल भ्रमण वर्ष २०२० को घोषणा, आन्तरिक विमानस्थलको स्तरोन्नति गर्दै मन्त्रालयमार्फत अगुवा भूमिका निभाएका विकास प्रेमी नेताको निधनमा सिंगो देश शोकमग्न बनेको विज्ञप्तिमा उल्लेख छ । उनको निधनपछि पोखराका पत्रकार सञ्जय मल्लले भावनाको बहकाउ नभएको भन्दै उनकै नाममा विमानस्थलको नामाकरण गर्न सुझाए ।


http://gandaknews.com/r-adhikari/
http://gandaknews.com/airport-rabindra/
http://gandaknews.com/pkr-airport-plane/
http://gandaknews.com/rabindra-adhikari/
http://gandaknews.com/rabindra-adhikari-prachar/
http://gandaknews.com/rabindra-adhikari-plan/
http://gandaknews.com/rabindra-minister-2/
https://www.facebook.com/RabindraAdh/videos/1445185918918717/
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो