पोखरा । विभागीय टोली त्रिभुवन आर्मी क्लब १७ औं आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगशालामा दाउफिन्स फुटबल क्लबलाई १-० ले पराजित गर्दै आर्मीले फाइनल भिडन्त पक्का गरेको हो ।
खेलको १३ औं मिनेटमा टेकबहादुर बुढाथोकीले आर्मीलाई अग्रता दिलाए । दायाँ विङबाट आएको क्रसलाई टेकले ६ यार्डमा बक्सभित्रबाट हेडरमार्फत गोलमा परिणत गरेका थिए । पहिलो हाफको अन्त्यतिर आर्मीका कप्तान भरत खवासको प्रहारलाई दाउफिन्सका गोलरक्षक प्रिसोले विफल पारे ।
दोस्रो हाफमा पनि खेल प्रतिस्पर्धात्मक नै रहयो । आर्मीले लगातार आक्रमण बुन्दा काउन्टर अट्याकमा भर परेको दाउफिन्सले आर्मीलाई समस्या दिन सकेन । ६३ औं मिनेटमा नवयुग श्रेष्ठको प्रहारले पोस्टको दिशा लिन सकेन ।
७४ औं मिनेटमा भरत खवासले बलमा उत्कृष्ट नियन्त्रण गर्दै तीन डिफेन्डरलाई छलाउँदै वन भर्सेस वनमा गरेको प्रहार गोलरक्षकले मुस्किलले बचाए । ८५ औं मिनेटमा दाउफिन्स १० खेलाडीमा समेटियो । डेम्बा अोवुनाले विकास तामाङलाई ट्याकल गरेपछि रेफ्रिले उनलाई दोस्रो पहेंलो कार्ड देखाए ।
आर्मीले अब प्रतियोगिताको फाइनलमा शनिबार रुस्लान थ्री स्टारको सामना गर्नेछ । थ्री स्टारले बुधबार एपीएफलाई टाइब्रेकरमा पराजित गर्दै उपाधि भिडन्त तय गरेको थियो ।

हातमा कालोपट्टी बाँधेर खेलाडीद्वारा शोक व्यक्त
बिहीबारको खेलमा नेपाली टिम आर्मीले मात्रै होइन, विदेशी टिम डफिन्स र रेफ्रीसमेतले कालो पट्टी बाँधेर मैदानमा छिरे । कारण थियो, ताप्लेजुङमा ७ जनाको ज्यान जाने गरी भएको हेलिकोप्टर दुर्घटनाका मृतक प्रति श्रद्धाञ्जली । उक्त दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी लगायतको निधन भएको थियो ।
आहा रारा गोल्डकपको उद्घाटन पनि पर्यटनमन्त्री अधिकारीले नै गरेका थिए । क्लबले उनको सम्मानमा १ मिनेट मौन धारण गरेर खेल खेलाइएकोे थियो । मन्त्री अधिकारी सहारा क्लबका आजीवन सदस्य पनि हुन् ।

सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने