ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।
दुर्घटनास्थलबाट चिन्नै नसकिने अवस्थामा ६ जनाको शव फेला पारिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले पुष्टि गरे । ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित फुरुंगो सिस्नेखोलास्थित दारेढुंगाको जंगलमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो ।
हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक तथा एयर डाइनेष्टीका सञ्चालक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोक्षिभय, अर्जुन घिमिरे, सवार थिए। हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए।
त्रिभुवन विमानस्थलको केन्द्रीय उद्दार समन्वय केन्द्रका प्रवक्ता प्रतापबाबु तिवारीले ६ जनाको शव फेला परेको बताए। उनले भने, ‘हेलिकप्टरको पुच्छरबाहेक सबै जलेको छ।’
हेलिकप्टर दुर्घटनापछि मन्त्रिपरिषद्काे आकस्मिक बैठक बाेलाइयाे
पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषदकाे बैठक बालुवाटार बोलाएका छन्। दुर्घटनाकाे खबर सार्वजनिक भएलगत्तै प्रधानमन्त्रीले बैठक बाेलाएका हुन्।



सम्बन्धित खबर
आत्मिक जागरणले मानवलाई समृद्धितर्फ उन्मुख गराउँछः प्रदेश प्रमुख भट्ट
मानव सेवा आश्रममा लोकदोहोरी प्रतिष्ठान कास्कीले बाँड्यो फलफूल
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पूर्वराजालाई पुनको चेतावनी: तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ
अर्थमन्त्री पौडेल नियमित काममा फर्किए
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु