इलामका यी ठिटो, जसले जिल्ला जिल्लामा प्रहरी, सिडिओ, जनप्रतिनिधिलाई पंगु बनाए

इलामका यी ठिटो, जसले जिल्ला जिल्लामा प्रहरी, सिडिओ, जनप्रतिनिधिलाई पंगु बनाए

Sandesh Ramte

१७ वर्षीय किशोर, जसले सहसचिव स्तरको राष्ट्रिय बाल अधिकार संरक्षण समिति कार्यालयको ‘अध्यक्ष’ भन्दै हिँडे । ठाउँ ठाउँमा प्रहरी, सिडिओ र जनप्रतिनिधिलाई नै उल्लु बनाए । अनुसन्धानको जिम्मेवारी पाएको प्रहरी आफै उल्लु बने । होटलवालाले पैसा नपाएपछि उजुरी गरेपछि मात्र आफै एस्कर्टिङ गरेको व्यक्ति ठग भनेको थाहा पाए ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार संरक्षण समितिको कार्यालय सिंहदरबार, काठमाडौंको कार्ड भिरेर उनले प्रहरी र जनप्रतिनिधिलाई नै ठगे । जनप्रतिनिधिमार्फत तेल हालेर नक्कली सेतो नम्बर प्लेटवाला गाडी भाडामा लिएर चालक नै राखेर जिल्ला दौडाहामा निस्के । इलामका सन्देश रम्तेल । इलाम नगरपालिकाको पूर्वनगर स्तरीय बाल सञ्जालका अध्यक्ष पनि भएकाले सामाजिक सञ्जालमा उनलाई परिचय दिन सजिलो भयो । श्रोतका अनुसार उनले कारबाही समेत भोगिसकेका छन् । त्यसपछि विभिन्न संस्थाको नाम लिएर देश विदेशका कार्यक्रमहरुमा उपस्थिति जनाउथे ।

रम्तेलले प्रहरीको स्कर्टिकङसमेत लिएर सरकारी नम्बरप्लेटको गाडीमा तनहुँदेखि मुस्ताङसम्म यात्रा गरेको बयान दिएका छन् । उनले वीरगञ्जमै नक्कली कार्ड बनाएको बताएका छन् । मुस्ताङदेखि पोखरा फर्केर लेकसाइडको तेन्जिङ हिलारी होटलमा बसेका उनले जब खाना खाएको पैसा तिरेनन्, अनि वास्तविकता बाहिर आयो ।

होटलमा खाएको ३५ हजार रुपैयाँ सन्देशले नतिरेपछि उनको उजुरी प्रहरीकहाँ पुग्यो र उनी सोमबार प्रक्राउ परे । रम्तेलले बा २ झ १६६३ नम्बर सेतो नम्बर प्लेटको स्कारपियो प्रयोग गरेका थिए । रातो नम्बर प्लेटको गाडी भाडामा लिएर उनले नक्कली सेतो नम्बर प्लेट टाँसेको पाइएको छ ।

पोखराबाट प्रकाशित हुने समाधान दैनिकले त यस विषयमा सम्पादकीय नै लेखेको छ ।

कुरीकुरी प्रहरी

१७ वर्षे सन्देश रम्तेलले आफू नेपाल सरकारको सहसचिव हुँ भन्दै प्रहरीलाई छक्याए । त्यो पनि १ हैन २ हैन अनेकौ ठाउँमा । तनहुँ प्रहरीले त उनलाई राजमार्गमा स्कर्टिङसहितको सुरक्षा नै प्रदान गर्‍यो । तनहुँ प्रहरीको बुद्धि भुटेपछि उनी हौसिए । जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम, जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय कार्यालय मुस्ताङले पनि तनहुँकै सिको गर्दै रम्तेलको सुरक्षामा चासो दियो । २० वर्ष पनि उमेर नकटेको युवाले प्रहरी मात्र हैन जनप्रतिनिधिलाई समेत छक्याउन सफल भए । पोखरा महानगरपालिकाकी उपमेयरको तोकमा उनले १० लिटर इन्धनको कुपन नै हात पारे । गण्डकी प्रदेशका विभिन्न मन्त्रालयमा समेत सरकारी नम्बर प्लेटको गाडीसहित प्रवेश गरी सहसचिवकै हैसियतमा बातचित गर्न उनले भ्याए ।

झापाका रम्तेल कस्तो पारिवारिक पृष्ठभूमिका हुन्, अध्ययन कति छ त्यो त अनुसन्धानकै क्रममा छ । तर सन्देशले जुन तरिकाले सुरक्षा निकाय र सरकारी कार्यालयका अधिकारीलाई गुमराहमा पार्न सफल भए यसले उनी हाइप्रोफाइलकै संगतका व्यक्ति हुन भन्ने अनुमान गर्न सकिन्छ । उनले जीवन जीउन ठगीलाई नै अवलम्बन गरे । आखिर किन रोजे त उनले यस्तो बाटो ? यो अनुसन्धानपछि खुल्ने नै छ । यति सानो उमेरको व्यक्तिले भनेकै आधारमा पत्याइदिने हाम्रो प्रहरी प्रशासनको क्षमतामाथिको ठूलो प्रश्न चिह्न हो यो । प्रहरी प्रशासनले कुनै व्यक्तिलाई सुरक्षा प्रदान गर्नु अघि कुनै आधार चाहिँदैन ? जो पायो त्यहीले फोन गरेको आधारमा स्कर्टिङमा गाडी खटाउने कतिसम्मको कमजोरी गर्न सकेको ? यसबाटै प्रस्ट हुन्छ कि नेपालको सुरक्षा निकाय कति जिम्मेवार छ भन्ने । गोप्य सूचना लिनका लागि नेपाल प्रहरीले ठाउँठाउँमा घुमुवा डुलाएको हुन्छ । ती घुमुवा प्रहरी जिम्मेवारी वहन गर्न भन्दा पनि बार्गेनिङमै बढी समय बिताउँछन् । अनि हाकिमलाई जुन घुमुवाले ठूलो रकम बुझाउन सक्छ उसैलाई प्रोत्साहन गरिन्छ । अनि यस्तै सूचना प्रणालीको फाइदा लुट्छन् सन्देश रम्तेलहरु ।

नेपाल सरकारको सहसचिवस्तरमा पुगेको व्यक्तिको उमेर हेरेरै पनि हाम्रा सरकारी अधिकारीले अनुमान पनि लगाउन सक्नुपर्छ नि । अनि सहयोग माग्न आउनेबित्तिकै सही गरेर कुपन प्रदान गर्न निर्वाचित जनप्रतिनिधिलाई कति हतार भएको होला । हो उनले पोखरा महानगरबाट ठूलो परिणामको सहयोग लिएका होइनन् । तर महानगरले हावाकै भरमा इन्धन बाँड्छ भन्ने तथ्यलाई त यसले जबरजस्त पुष्टि गरिदियो नि । नेपाल प्रहरीको चुस्त अनुसन्धान र सूचना प्रणाली बनाएर जिम्मेवार ढंगले काम नगरेसम्म सन्देश रम्तेलहरुले प्रहरीलाई यसरी नै प्रयोग गरिरहनेछन् । संगठनको शाख जोगाउन पनि अब चुस्त रुपमा काम गर्नुको विकल्प छैन । केबल चर्चामा आउने एकाध घटनाका बारेमा जानकारी गराउने उद्देश्यले आफू नजिकका पत्रकार बोलाएर पत्रकार सम्मेलन गरेर मात्र प्रहरीको दायित्व पूरा हुँदैन । यस्ता कमजोरी दोहोरिरहने हो भने नागरिकले नेपाल प्रहरीलाई कुरीकुरी गर्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ