लमजुङ जिल्ला साविक भुजुङ गा.वि.स. हालको क्वहोलासोंथर गाउपालिका वडा नं. ४, भुजुङबाट पोखरा आई बसोबास गरेका भुजुङबासीहरुले स्थापना गरेको भुजुङ युम्पो तमू समाज पोखराको नवविस्तारित भवनको समुद्घाटन गरिएको छ ।
चेलीबेटी भोज तथा भेटघाट कार्यक्रमको अवसरमा कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङबाट समुदघाटन भएको छ । समाजमा सदस्यता थपिने क्रम बढ्दै गएकोले भवन साँघुरो भै करिव २३ लाख खर्च गरि भवन बिस्तार गरेको समाजका अध्यक्ष रामचन्द्र गुरुङले बताए ।
समाजले बार्षिक रुपमा पोखरामा छरिएर बसेका भुजुङका चेलीबेटीहरुलाई सामुहिक रुपमा भोज तथा भेटघाट कार्यक्रम गर्दै आएको छ । उक्त कार्यक्रममा समाजका सम्पूर्ण सदस्यहरु, चेलीबेटीहरु, भाईबहिनीहरु तथा आमन्त्रित पाहुनाहरु गरि ४०० जना बराबरलाई भोजको ब्यवस्था गरिएको थियो ।

कार्यक्रममा समाजलाई बिशेष अतुलनिय योगदान दिने समाजका सदस्य तेज बहादुर गुरुङ, धर्मपत्नी श्रीमती भक्तिमाया गुरुङ्ग, छोराहरु हङकङ निवासी श्री ग्यारी गुरुङ तथा युके निवासी खमिर जंग गुरुङ र धर्मपत्नी कमला गुरुङलाई सम्मान गरियो । साथै ३ जना जेष्ठ सदस्य तथा चेलीबेटीलाई समेत सो कार्यक्रममा सम्मान गरियो । कार्यक्रममा गत बर्ष एसईई उत्तीर्ण १० जना्लाई प्रमाण पत्र र नगद सहित सम्मान गरियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुख्यमन्त्री गुरुङले समाजको कार्यक्रममा बोलाएर चेलीबेटीहरु सँग भेटघाट गर्ने अवसर दिएकोमा खुशी ब्यक्त गर्दै भुजुङ गाउँलाई पर्यटकीय बिकासको लागि पक्की बाटो निर्माण लगायत अन्य कृषि तथा पशुपालन ब्यवसाय बिस्तारको लागि प्रदेश सरकारले गर्नुपर्ने सहयोगमा कुनै कमि नरहने बताए ।

कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष रामचन्द्र गुरुङ, स्वागत मन्तब्य भु.पु. सचिव टेक बहादुर गुरुङ र कार्यक्रमको संचालन समाजका सचिव केश बहादुर गुरुङले गरेका थिए । कार्यक्रममा क्वहोलासोंथर गाउँपालिकाका उपप्रमुख कुमारी मुनी गुरुङको पनि उपस्थिति थियो ।
सम्बन्धित खबर
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो