आहा रारा गोल्ड कप: २४ घण्टा नबित्दै पुलिसको दाफिन्ससँग अर्को हार, बुधबार एपीएफ र थ्रीस्टार भिड्ने

आहा रारा गोल्ड कप: २४ घण्टा नबित्दै पुलिसको दाफिन्ससँग अर्को हार, बुधबार एपीएफ र थ्रीस्टार भिड्ने

dafins

पोखरा, १४ फागुन । साविक विजेता नेपाल पुलिसलाई हराउँदै क्यामरुनको दाफिन्स फ्यामिली टोली पोखरामा जारी १७ औं संस्करणको आहा ! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालमा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा नेपाल पुलिसलाई २–१ ले पराजित गर्दै दाफिन्स सेमिफाइनलमा प्रवेश गरेको हो हो ।

निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको चौथो मिनेटमा यान्निकले गरेको गोलले दाफिन्सले सेमिफाइनलमा स्थान पक्का गरेको हो । त्यसअघि खेलको ३७ औं मिनेटमा बिजिकको गोलबाट दाफिन्सले खेलमा अग्रता बनाएको थियो । कर्नरबाट आएको बललाई बक्सभित्रबाट हाफ भली प्रहार गर्दै उनले गोलमा परिणत गरेका थिए ।

खेल सकिनै लाग्दा सुमन लामाको क्रसमा सुमन सुवेदीले हेड गोल गर्दै खेललाई बराबरीमा पुर्याए । त्यसपछि खेल अतिरिक्त समयमा पुग्यो । तर, पुलिसले दाफिन्सलाई अतिरिक्त समयमा रोक्न सकेन । खेलको अन्तिम समयमा पुलिस १० खेलाडीमा समेटिएको थियो । पुलिसका हरि कठायतले रातो कार्ड पाएका थिए ।

यसअघि, तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा सोमबार दाफिन्सले पुलिसलाई सडनडेथमा पराजित गरेको थियो । प्रतियोगितामा भोलिबाट सेमिफाइनलका खेल हुनेछन । पहिलो सेमिफाइनल खेल  विभागीय टोली नेपाल एपीएफ क्लब र रुस्लान थ्री स्टार क्लबबीच हुनेछ । त्यस्तै दोस्रो सेमिफाइनलमा  त्रिभुवन आर्मी क्लब र दाफिन्सबीच खेल हुनेछ । दाफिन्सले लगातार तीन प्रतियोगिता जितेर उपाधिमाथि नै ह्याट्रिक गरेको छ । पोखराको मनकामना केबलकार कप जितेको क्यामरुने टोलीले धरानमा बुढासुब्ब ागोल्डकप र बुटवलमा हिजोमात्रै तिलोत्तमा गोल्डकप जितेको हो ।

प्रतियोगिताको विजेताले उपाधि सहित ८ लाख एक हजार र उपविजेताले ४ लाख एक हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले स्कुटर पाउने छन् । त्यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई समान १५ हजार रुपैयाँका साथै ट्रफी प्रदान गरिने छ । सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँका साथै ट्रफी प्रदान गरिने छ ।

त्यस्तै प्रतियोगिताको प्रिक्वाटरफाइनल खेल विजेता टिमलाई २० हजार र उपविजेता टिमलाई १०, क्वाटरफाइनल विजेता तथा उपविजेतालाई ३० र २० हजार, सेमिफाइनल विजेता तथा उपविजेता दुवै टिमलाई ५० हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds