सूर्य तिमिल्सिना, पोखरा । नेपालमा पर्यटन व्यवसायमा उर्जाशिल युवा जनशक्तिको उच्च सहभागिताका साथ पर्यटनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले यहि फाल्गुण १८ अर्थात आउँदो शनिबार देखि पोखरामा टुरिजम डिजीटलाइजेसन च्यालेन्ज कार्यक्रम हुँदै छ ।
उर्जा ल्याबको आयोजना तथा नेपाल पर्यटन बोर्डको बिशेष सहकार्यमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । पोखराको होटल स्नो ल्याण्डमा हुने ३ दिवसीय सो कार्यक्रममा पर्यटन क्षेत्रमा युवाशक्तिको सम्भावना, चुनौती लगायतका बिषयमा छलफल हुने छ ।
प्रतियोगीहरुले पर्यटन क्षेत्रका सम्भाबना एबम चुनौतीलाई औंल्याउँदै त्यसको समाधानका लागि आफ्नो आइडिया प्रस्तुत गर्ने छन् । प्रस्तुत गरिएका आइडिया मध्ये उत्कृष्ट टिमलाई पुरस्कृत गरिने छ भने उक्त आइडियालाई मुर्त रुप दिनको लागि लगानीकर्ता समेत खोजिने उर्जा ल्याबका कार्यकारी निर्देशक बिबेक सापकोटाले बताए ।
आयोजकका अनुसार कार्यक्रममा हाल सम्म १७ ओटा टिम दर्ता भएका छन् भने हरेक टिममा ३ जना सदस्य रहने छन् । सो कार्यक्रमको उद्देश्य ” भिजिट नेपाल २०२०” लाई सफल पार्नु समेत रहेको छ ।
कार्यक्रमलाई सफल पार्नको लागि घुमन्ते, ड्रिमर्स नेपाल, अफिसियल फ्युचर टेक, हज्मा वेयर, डब्लुपी ट्राभल्स, सिएफ मोटो, एनवाइइएफ पोखरा, कट्स पश्चिमान्चल क्याम्पस, होटल बाराही, होटल हिमालय भ्याकेसन, व्यंजन पोखरा, हिमालयन जाभा पोखरा लगायतको सहयोग रहेको छ । यो कार्यक्रमबाट पर्यटन क्षेत्रमै नयाँ आयाम थपिने बिश्वास लिइएको छ ।
सम्बन्धित खबर
बन्दिपुरमा चितुवाको आक्रमणमा परी १० वर्षीया बालिकाको मृत्यु
गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राडा तिवारी नियुक्त
पोखरामा शनिबार एमालेको बृहत् जागरण सभा
१० बर्षीया भागवत वाचिका अनुराधा पाण्डेयले आजबाट गण्डकी कोटिहोममा कथा प्रवचन सुरु गर्दै
तनहुँको भुजिकोट गाउँ चिनाउन नयाँ वर्षमा उकालो दौड प्रतियोगिता हुने
हेमजा महोत्सवमा आलु किन्नेको घुइँचो
यो पनि पढौँ
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित