दोभान युवा क्लबले जित्यो प्रथम अनन्त कपको उपाधि

दोभान युवा क्लबले जित्यो प्रथम अनन्त कपको उपाधि

Dovan FC
तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर १० स्थित डिहिगाउँमा गत मंगलबार देखि सुरु भएको प्रथम अनन्त कपको उपाधि दोभान युवा क्लबले जितेको छ ।
अनन्त युवा क्लबको आयोजनामा उक्त प्रतियोगिता भएको हो ।
दोभान युवाले क्लबले नगद ७० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोभानले आयोजक लाई १-० गोलअन्तरले हराउदै विजयी भएको हो ।
“शारीरिक एवं बौद्धिक विकास र स्वास्थ्य जिवनको लागी फुटबल” भन्ने नाराका साथ उक्त प्रतियोगिता आयोजना गरिएको अनन्त युवा क्लबका अध्यक्ष राजु भुजेलले जानकारी दिए । उक्त प्रतियोगितामा २४ टिमको सहभागिता रहेको थियो ।
सेमिफाइनलमा दोभान युवा क्लबले व्यास युवा समाज लाई हराउँदै फाइनलमा र हैरान्स क्लबलाई हराउदै आयोजक अनन्त युवा क्लब फाइनलमा पुगेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ