पोखरा। नाम सन्देश रम्तेल । उमेर १७ वर्ष । पद नेपाल सरकारको सहसचिव । यसरी अपत्यारिलो तथ्यांक पेश गर्दै १ युवा जनप्रतिनिधि र प्रहरीलाई पनि झुक्याउन सफल भएका छन् । जनप्रतिनिधिहरुलाई पनि छक्याउँदै ठग्न सफल उनलाई कास्की प्रहरीले सोमबार पक्रेको छ । लेकसाइडको १ होटलबाट वडा प्रहरी कार्यालय बैदामको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पत्रकार सुरेशराज अधिकारीले समाधान दैनिकका लागि यो खवर लेखेका हुन् ।
राष्ट्रिय बाल अधिकार संरक्षण समिति कार्यालयको सहसचिव हुँ भन्दै विभिन्न जिल्लामा प्रहरीलाई झुक्काएको र होटल तेन्जिङ हिलारीमा खाएको ३५ हजार रुपैयाँ नतिरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । बा२झ १६६३ नम्बरको सेतो नम्बर प्लेटको स्कारपियो प्रयोग गरेका १७ वर्षीय रम्तेलले १ ड्राइभरसमेत प्रयोग गरेका थिए । २ दिनका लागि २५ हजारमा भाडामा लिएर उनले गाडी लिएर सेतो नम्बरप्लेट राखेको खुलेको छ ।
माघमा लेकसाइडको तेन्जिङ हिलारी होटलमा रम्तेलको टोली २ कोठा बुक गरेर बसेको थियो । धरानबाट पोखरा आउने बेलमा वीरगन्जमा नै लम्तेलले नक्कली कार्ड बनाएका थिए । उक्त होटलमा सामान राखेर सरकारी नम्बर प्लेटको गाडी पर्वत हुँदै मुस्ताङसम्म पुगेको प्रहरी बताउँछ । उक्त गाडीलाई तनहुँ प्रहरीले स्कटिङ दिएको थियो । आफूलाई सहसचिव बताएर रम्तेलले १०० नम्बरमा फोन गरी स्कटिङ माग गरेका थिए ।
तनहुँको प्रहरीमात्र नभई उनीहरुलाई कास्की प्रहरी तथा वडा प्रहरी कार्यालय बैदाम, जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय कार्यालय मुस्ताङले पनि सुरक्षा दिएको प्रहरीले जानकारी दिएको छ ।
रम्तेलले गण्डकी प्रदेशका मन्त्रालयका पदाधिकारी र पोखरा महानगरपालिकाकी उपमेयरलाई पनि सहसचिव नै भनेर भेटेको प्रहरी स्रोत बताउँछ । रम्तेलले महानगरपालिकासँग मागेर १० लिटर तेल प्रयोग गरेको प्रहरीलाई बयान दिएका छन् ।
होटल सञ्चालक नरेन्द्र पोखरेलका अनुसार आइतबार लम्तेल होटलबाट निस्कन लागेका थिए । उनले होटलका सञ्चालक पोखरेलको खाता नम्बरमा मागे । पैसा राष्ट्रिय बाल अधिकार संरक्षण समिति कार्यालयले पैसा हालेको रम्तेलले बताए । तर पोखरेलको खातामा पैसा आएको थिएन । ‘मेरो होटलमा खाएको पैसा नतिरेपछि मैले नै उजुरी हालेको हुँ,’ पोखरेलले भने, ‘प्रहरीले पक्राउ गरेको छ ।’ प्रहरीले पक्राउ गरेपछि बल्ल उनले पैसा नतिरको थाहा भएको प्रहरीलाई बयान दिएका छन् ।
तस्विरः देशसञ्चारबाट ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो