कृशल कंडेल र सेड्रिना शर्मा अभिनीत ‘ओढेर घूङ्घट’ बोलको गीतले किर्तिमानी रेकर्ड बनाएको छ । युट्युब रिलिजको करीब २४ घण्टामा नै गीतमाथि साढे ४ लाख बढीको नजर परेको छ । सम्भवतः यसअघि कुनै म्यूजिक भिडियोले रिलिजको २४ घण्टामा यति भ्यूअर्स बटुल्न सकेको थिएन ।
कृशल कंडेलको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत र नृपेश उप्रेतीको शब्द रहेको छ । कोरियोग्राफी तेन्जु योञ्जनको रहेको छ भने समायोजन गोपाल रसाईलीको रहेको छ । यो म्युजिक भिडियोलाई दिपक आर्चायले निर्देशन गरेका हुन् ।
अर्जुन तिवारीले खिचेको भिडियोलाई चन्दन दत्तले सम्पादन गरेका छन । नेपाल आइडल दोस्रो सिजनमा टप ८ मा पुग्न सफल कृशल र ‘नाई न भन्नु ल ५’ मा अभिनय गरेपछि सेड्रिना शर्मा चर्चामा छन् । दुईले दर्शकबाट क्यूट जोडीको उपमा पाएका छन् ।
क्रिशल युवापुस्ता माँझ निक्कै लोकप्रिय बनेका छन्। अभिनय गर्न माहिर क्रिशल सानै देखि गीत गाउन पनि रुचाउथ्ये । कुनै नायक भन्दा कमि नरहेका क्रिशल फिल्मी छेत्रमा आफ्नो पहिचान बनाउने पक्का देखिन्छन। त्यस्तै सेड्रीनाले ‘नाई नभन्नु ल ५’ जस्तो सुपरहिट चलचित्रमा अभिनय गरेपछि चर्चामा आएकी हुन्। म्युजिक भिडियोमा कोरियोग्राफी र ड्रेस डिजाइन भने तेञ्जु योञ्जनले गरेकी हुन् ।
https://youtu.be/mLW9kVz5MQo
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम