धादिङ गल्छीमा घरमा बसेका तीन महिलालाई ठक्कर दिएर जीप चालक भागे, २ को मृत्यु

धादिङ गल्छीमा घरमा बसेका तीन महिलालाई ठक्कर दिएर जीप चालक भागे, २ को मृत्यु

accident

धादिङ । गल्छी गाउँपालिका पाल्चोक ५ मा जीपले ठक्कर दिँदा दुई महिलाको मृत्यु भएको छ। गल्छीको पाल्चोकमा आइतबार राति करिब साढे ८ बजे बा २० च ६२२१ नम्बरको महेन्द्रा बोलेरो जीपले पार्क गर्ने क्रममा घरमा बसिरहेका तीन महिलालाई ठक्कर दिएको हो।

जीपले ठक्कर दिँदा अन्दाजी ३५ वर्षीया जमुना भुजेलको घटनास्थलमै मृत्यु भएको हो। यस्तै ४६ वर्षीया कान्छी तामाङको उचारका लागि गजुरीतर्फ लैँजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए। त्यस्तै घटनामा घाइते भएकी धनकुमारी तामाङको उपचार ललितपुरस्थित पाटन अस्पतालमा भइरहेको छ।

मृतकका शाव पोष्टमार्टमका लागि गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। ठक्कर दिने जीप गजुरी प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ