बम विस्फोटमा बटुवा मारिएकोबारे विप्लवको पार्टी भन्छ: ‘क्रान्ति दौरान सानातिना घटना हुन्छन्’

बम विस्फोटमा बटुवा मारिएकोबारे विप्लवको पार्टी भन्छ: ‘क्रान्ति दौरान सानातिना घटना हुन्छन्’

hemant oli

एक जनाको ज्यान जानेगरी शुक्रबार नक्खुमा भएको बम विस्फोट घटनाको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जिम्मेवारी लिएको छ। दूरसञ्चार कम्पनी एनसेललाई लक्षित गरी भएको विस्फोटमा बाटो हिँडिरहेका सिंहप्रसाद गुरुंगको मृत्यु भएको थियो। अन्य दुई घाइते भएका थिए।

घटनाको तेस्रो दिन आइतबार नेपाल कम्युनिस्ट पार्टीका एक जना केन्द्रीय सदस्य हेमन्तप्रकाश ओलीले बीबीसी नेपाली सेवा रेडियोका लागि पत्रकार गनी अन्सारीलाई अन्तर्वार्ता दिँदै ‘क्रान्तिका दौरान यस्ता सानातिना घटना हुने र पार्टीभित्र गम्भीर रुपले समीक्षा गर्ने’, उल्लेख गरेका छन्। मोटो रकम नपाएकै कारण एनसेलमा विस्फोट गराएको भन्ने विषय उनले अस्वीकार गरे।

 सो अन्तर्वार्तामा उनलाइ सोधिएको छ, ‘एउटा घर जान लागेको मान्छे घर पुगेन, अनाहकमा ज्यान गुमायो त्यसलाई सानोतिनो घटना भन्न मिल्छ? ‘जवाफमा नेता ओली भन्छन्, ‘यस्ता घटना हुनसक्छन्। बटुवा हाम्रो निसाना होइनन् लाग्न पुग्यो। त्यसप्रति हामीले दुःख प्रकट गरिसकेका छौं।’

नेता ओलीले देशका न्यायपालिका, सरकारका निकायले एनसेलको लुटतर्फ ध्यान नदिएको बरू स्वयं न्यायलय नै त्यस (एनसेल) बाट प्रभावित भएकोले बम बिस्फोट गराउनु परेको जनाएका छन्।

पार्टी राज्य, व्यक्ति नै न्यायपालिका हुन पाउँछ? भन्ने प्रश्नको जवाफ दिँदै नेता ओलीले भनेका छन्, ‘यो राज्य अन्यायपूर्ण छ भनेर वैकल्पिक र समानान्तर राज्य घोषणा गरिसकेका छौं।’ बम विस्फोटमा मान्छेको ज्यान गएको घटनापछि सरकार कारवाहीमा उत्रिए त्यसलाई नेपाली जनताले प्रतिरोध गर्ने र राज्यसत्ता स्थापना गर्ने दाबी उनको छ।

तपाइँले कुन नेपाली जनताको कुरा गर्नुभएको? विस्फोट र विस्फोटबाट ज्यान जाने घटनाको सर्वत्र भर्त्सना भइरहेको छ। के ती नेपाली जनता होइनन्? भन्ने प्रश्नमा उनले भनेका छन्, ‘मुख्य काम जे गर्न खोजेको त्यसमा त्रुटिहरु हुनगयो। जुन नेपालीले ज्यान गुमाए उहाँको परिवारको राहतको लागि हामी आफ्नो तर्फबाट पनि कदम बढाउने छौं।’ नेता ओलीले प्रचण्ड बाबुरामले अनाहकमा १७ हजार मानिसको ज्यान लिएको समेत आरोप लगाए।

तपाइँहरुले भन्ने गरेको यो क्रान्तिका लागि अब कति निर्दोष नेपालीले ज्यान दिनुपर्छ? जसको बलिदानीको उपलब्धिमा टेकेर तपाइँहरुले राजनीतिक स्वार्थ पूरा हुन्छ? भन्ने प्रश्नमा नेता ओली भनेका छन्, ‘यो कुरा प्रचण्ड, बाबुराम र बादलहरुलाई सोध्नुपर्छ। उनीहरुले अनाहकमा १७ हजार मानिसको ज्यान लिएका छन्। तिनीहरुलाई सजाय हुनुपर्छ। हामी यस्ता कमी कमजोरी हुन नदिन पूर्ण रुपमा सचेत छौं।’

मोटो रकम चन्दा माग्नुहुन्छ, नपाए विस्फोट गराउनुहुन्छ। यो कुन वाद हो? भन्ने प्रश्नमा नेता हेमन्तप्रसाद ओली भन्छन्, ‘हामी कसैबाट मोटो रकम लिनका लागि क्रान्तिको जोखिमपूर्ण बाटोमा हिँडिरहेका छैनौं। यो भ्रमणपूर्ण कुरा हो।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ