काठमाडौं : प्रदेशस्तरीय लोकसेवा आयोग गठन गरी नयाँ कर्मचारी भर्ना नलिएसम्म प्रदेशमा कर्मचारीको अभाव हुने अवस्था देखिएको छ। नेपाल समाचारपत्र लेख्छ, प्रदेश र स्थानीय तहको तुलनामा अत्यधिक कर्मचारी संघमै समायोजन भएको छ। करिब ७७ हजार कर्मचारीमध्ये २२ हजार नौ सय १७ कर्मचारी समायोजन भइसकेको छ।
हालसम्म संघमा १७ हजार दुई सय ७९, प्रदेशमा दुई हजार चार सय ४८ र स्थानीय तहमा तीन हजार एक सय ९० कर्मचारी समायोजन भएका छन्। करिब ७७ हजारमध्ये २७ हजार चार सय ६१ जनाले स्थानीय तह र १४ हजार दुई सय ६९ जना प्रदेश रोजेका थिए। प्रदेशमा २२ हजार सात सय ५५ र स्थानीय तहमा ६७ हजार पाँच सय तीन वटा दरबन्दी छ।
स्थानीय तहमा एक हजार निजामतीसहित अहिले करिब १८ हजार कर्मचारी कार्यरत छन्। त्यसैले सबै कर्मचारीको समायोजन टुंगिए पनि प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हुने अवस्था देखिएको हो। ‘प्रदेश र स्थानीय तहमा प्रशासनिक काम अघि बढाउन थप कर्मचारी भर्ना नगरी हुँदैन। केन्द्रले अहिले कर्मचारी खटाए पनि यो जनशक्तिले प्रदेश र स्थानीय तहको कार्यभार सम्हाल्न सक्दैन’,मन्त्रालयका प्रवक्ता एवं सहसचिव सुरेश अधिकारीले भने।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने