श्यामशितल परियार, लमजुङ । यही फागुन १७ गतेदेखी २६ गतेसम्म छैटौँ लमजुङ महोत्सव हुने भएको छ ।
लमजुङ उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुन लागेको आईतबार बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रममार्फत जानकारी गराईएको छ ।
‘स्थानीय उत्पादन, सँस्कृति तथा पर्यटन, नागरिक समृद्धिका लागि लगानी वितरण’ भन्ने नाराका साथ महोत्सव सञ्चालन हुन लागेको हो ।
जिल्लाको कृषि, जडिबुटी, पर्यटन, जलविद्युतको साथै स्थानीय व्यापार–व्यवसायको प्रवद्र्धन गर्नका लागि छैटौँ लमजुङ महोत्सव सञ्चालन गर्न लागिएको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बताए ।
उनका अनुसार बेसीशहर नगरपालिका–८, दनाइँफाँटमा १० दिनसम्म लमजुङ महोत्सव चल्नेछ ।
महोत्सवमा २५० स्टल रहने छन् । महोतसवको तयारी तीव्र पारिएको उनले बताए ।
महोत्सवमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता, पुस्तक प्रदर्शनी, आईटी प्रदर्शनी, कृषि उपज प्रदर्शनी, पुष्प प्रदर्शनी, व्यावसायिक प्याराग्लाइडिङ, आन्तरिक पर्यटन टुर प्याकेज, जातीय संग्रहालयको प्रदर्शनी, पर्यटन सूचना केन्द्र सञ्चालन, फोटो तथा वृत्तचित्र प्रदर्शनी, स्थानीय साना तथा मझौला, उद्यमीहरुको उत्पादन प्रदर्शनी, उत्पादनमुखी मेशिन औजार प्रदर्शनी, विभिन्न किसिमका सामानहरुको व्यापारिक प्रदर्शनी हुनेछ ।
यसैगरी, महोत्सवकै अवसरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सम्मान गर्ने कार्यक्रम समेत तय गरिएको छ ।
लमजुङ उद्योग वाणिज्य संघका महासचिव कृष्णजंग गुरुङका अनुसार महोत्सवमा दिनहुँ राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, गृहिणी नृत्य प्रतियोगिता, कविता प्रतियोगिता, गजलसाँझ र नाटक प्रदर्शनी समेत हुनेछ ।
उनका अनुसार महोत्सवकै अवसरमा फागुन १८ गते साँझ ४ बजेपछि अभया सुब्बा ब्याण्डको कन्सर्ट समेत हुनेछ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो