तनहुँ । तनहुँको सदरमुकाम दमौली स्थित मालपोत लाइनमा चोरी गर्ने एक जना लाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको ब्यास नगरपालिका वडा नं ३ बिसघरे स्थायी घर भएर हाल वडा नं १ भादगाउँ बस्ने वर्ष २५ को राम थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
शनिबार ब्यास नगरपालिका वडा नं २ मालपोतलाईनमा रहेको मिना सुनारको घरमा डेरा गरी बस्ने युवराज आलेको ढोकामा लगाएको चुकुल फोरेर चोरी गरेको प्रहरीले जनाए छ ।
कोठा भित्र राखेको विभिन्न दरका नेपाली १७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
अपराधमा संलग्न ब्यक्तीको खोजतलास एवं निग्रानी गर्दा आइतबार बिहानै अध्यारो समयमा व्यास नगरपालिका वडा नं ४ भोर्लेटार चोकबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।
राम मगरलाई काठमाण्डौ जानको लागी बस रोक्दै गरेको अवस्थामा देखि भेटी उनको शरिर तलासी लिँदा पाईन्टको पछाडी दाहिने पट्टी गोजीमा १० हजार २५० फेला परेको जिल्ला प्रहरी कर्यालय तनहुँले जनाएको छ ।
उक्त नगद रुपैया बरामद गरी उनलाई पक्राउ गरि नकबजनी चोरी मुद्दामा तनहुँ जिल्ला अदातलमा उपस्थित गराई म्यादथप अनुमति लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
साथै राम बहादुर थापाले सोधपुछको क्रममा गत कार्तिक ३ गते व्यास नगरपालिका वडा नं २ मालपोत लाईन अगाडी रहेको सिताराम प्रसाद बानियाँको डेराकोठाबाट ६० हजार रुपैया र गत पुस ८ गते व्यास नगरपालिका वडा नं २ अमरापुरी बस्ने राज किशोर पण्डितको घरबाट २३ हजार रुपैयाँ चोरी गरेको खुलाएको छन ।
सो सम्बन्धमा समेत थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते