किरण श्रेष्ठ, तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर १ गुणादि स्थित महेन्द्र माविमा शनिबार देखी सुरु भएको शैक्षिक तथा धार्मिक महामहोत्सव एवं ऐतिहासिक संगीतमय लिलामय श्रीमदभागवत धनधान्याचल विराट नवाह ज्ञान महायज्ञ सुरु भएको छ ।

महायज्ञको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्रि पृथ्वीसुब्बा गुरुङले गरेका हुन् ।
यस्ता छन विद्यालयका योजना :
महेन्द्र माविमा प्राविधिक शिक्षा संचालनका लागी महायज्ञको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयराज खनालले जानकारी दिए । महायज्ञबाट संकलन भएको रकमले विद्यालयको पुर्वाधार निर्माण, प्रयोगशाला र पुस्तकालय स्थापना गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

महायज्ञको प्रमुख वाचकमा बालयोगेश्वर महाराज श्री रहेका छ्न । फागुन ११ गतेदेखी सुरु भएको महायज्ञ फागुन १९ गतेसम्म संचालन रहने आयोजकले जनाएका छ्न । महायज्ञबाट ५ करोड रुपैयाँ उठाउने लक्ष्य राखिएको छ ।
पहिलो दिन करिब २ लाख संकलन
शनिबार महायज्ञको पहिलो दिन १ लाख ९६ हजार रकम उठेको महायज्ञका प्रचारप्रसार संयोजक विकास खनालले जानकारी दिए ।

जसमा रविराज खनालले १ लाख १ हजार १ सय, हरिप्रसाद खनाल ५१ हजार ५, तनहुँ उद्योग वाणिज्य संघले ११ हाजर १ सय ११ र नमुना आमा समुह मानुङ्गले १० हजार २० दान गरेको खनालले जानकारी दिए ।
हेलिकप्टरबाट पुष्पवृष्टी :
महायज्ञमा अर्को एउटा आकर्षण समेत रहेको थियो । आकर्षणको रुपमा महायज्ञ स्थलमा हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो ।
उद्घाटन समारोहमा गण्डकी प्रदेशका सांसद रोशन गाहा मगर, गण्डकी प्रदेशका सांसद दोबाटे विक, गण्डकी प्रदेशकी सांसद आशा कोइराला, गण्डकी प्रदेशका मुख्यसचिव लक्ष्मीराम पौडेल, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, म्याग्दे गाउँपालिकाकी अध्यक्ष माया राना, म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, नेकपा तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगाएतले आ-आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।
सम्बन्धित खबर
तनहुँमा ‘एक वडा, एक पर्यटकीय गाउँ’ बनाइँदै
क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार सरुभक्तलाई
तनहुँमा ५ दिनदेखि बेपत्ता गोरखाका युवक मृत फेला
स्ववियु निर्वाचनः तनहुँमा अनेरास्ववियु २ क्याम्पसमा, नेविसंघ र क्रान्तिकारी १/१मा विजयी
तनहुँमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु
तनहुँमा च्याउ खाएर बिरामी भएका १ जनाको मृत्यु
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर