१७ औं आहा रारा गोल्डकप : मनाङ पहिलो खेलमै एपीएफसँग स्तब्ध, खराब प्रदर्शन जारी

१७ औं आहा रारा गोल्डकप : मनाङ पहिलो खेलमै एपीएफसँग स्तब्ध, खराब प्रदर्शन जारी

MMC vs apf (1)

पोखरा, ११ फागुन । ए डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबले मोफसलको गोल्डकपमा लगातार खराब प्रदर्शनलाई निरन्तरता दिंदा शनिबार १७औं आहा रारा गोल्डकप फुटबल प्रतियेगितामा विभागीय नेपाल एपीएफ क्लबसँग पराजित भएको छ । केहि दिन अघि मात्रै मनाङ तिलोत्तमा गोल्डकपको क्वाटरफाइनलमा भ्याली च्यासल युथ क्लबसँग पराजित भएको थियो ।

बाई पाएर सिधै क्वाटरफाइनल खेल खेलेको मनाङ आहा राराको आफ्नो पहिलो खेलमै एपीएफसँग १–० ले पराजित हुदै पहिलो चरणबाटै बाहिरिएको हो । पोखरा रंगशलामा शनिबार विभागीय एपीएफसँग सिधा वाई पाएर मनाङले प्रतियोगिताकै पहिलो क्वार्र्टरफाइनल खेलेको थियो । एपीएफले भने उद्घाटन खेलको सडेन डेथमा आयोजक सहारालाई ५–४ ले पन्छाउँदै क्वार्टरफाइनल खेलेको थियो ।

 

खेलको म्यान अफ दि म्याचसमेत बनेका प्रदिप लामा एपीएफको जितमा नायक बने । खेलको ७१ औं मिनेटमा सन्तोष श्रेष्ठको कर्नरलाई अनमार्क रहेका प्रदीपले हेडमार्फत गोल गरेका थिए । उनले ५ हजार रुपैयाँ पाए । मैदानको दायाँ भागबाट बुद्धिमान राईले क्रस निकालेको बललाई मनाङका क्याप्टेन बिराजले नियन्त्रणमा लिन नसक्दा एपीएफलाई कर्नरको अवसर जुटेको थियो ।

खेलाडीले राम्रो प्रदर्शन गरेपनि पाएको अवसरहरुलाई सदुपयोग गर्न नसक्दा टोलीको हार भएको मनाङका विदेशी प्रशिक्षक टोपे फुजाले प्रतिक्रिया दिए । लिगपछि मनाङको प्रदर्शन खस्किएको प्रशिक्षक फुजाले श्वीकारे ।

एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले टोलीको प्रदर्शनमा सुधार आएको बताए । ‘टिम गेम’ का कारण नै आफ्नो टोलीले जित निकालेको प्रशिक्षक महर्जनको प्रतिक्रिया थियो ।

आइतबार, प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेल हिमालयन शेर्पा क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबीच हुने आयोजकले जनाएको छ । हिमालयन शेर्पाले शुक्रबारको प्रिक्वार्र्टरफाइनलमा धरान फुटबल क्लबलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । आर्मीको त्रिभुवन क्लब भने प्रतियोगितामा सिधा वार्ई पाएर क्वार्टरफाइनल खेल्ने भएको हो ।

  • नारायण शाही

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds