तनहुँको घाँसीकुवामा बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक सहित दुईको मृत्यु

तनहुँको घाँसीकुवामा बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक सहित दुईको मृत्यु

G accident

तनहुँ । तनहुँको व्यास-१२,घाँसीकुवामा शनिबार दुर्घटना भएको छ ।

पोखराबाट नारायणगढ तर्फ जादै गरेको ग १ ख ४७८० नम्बरको बस र डुम्रेबाट दमौली तर्फ आउदै गरेको ना ३९ प ९५३८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परि मोटरसाइकलमा सवार दुई जना घाइतेको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मोटरसाइकलको पछाडि बस्ने घाइते गोरखा नगरपालिका-१४ बस्ने वर्ष १६ का सुरज परियारको दमौली स्थित दमौली अस्पतालमा उपचारको क्रममा दिउँसो सवा एक बजे मृत्यु भएको र अर्को घाइते मोटरसाइकल चालक गोरखा नगरपालिका-१४ का वर्ष २० का माधव दरैको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बस, बसचालक र मोटरसाइकल प्रहरीको नियन्त्रण रहेकोे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ