काठमाडौं । मुग्लिन–पोखरा सडकखण्ड बिस्तार हुने भएको छ । उक्त सडक विस्तारपछि करिब २१ मिटर फराकिलो हुनेछ । अहिले करिब २ देखि ३ घन्टा लाग्ने उक्त सडक खन्डको यात्रा बिस्तारपछि एकदेखि डेढ घण्टा मात्र लाग्ने अनुमान गरिएको छ ।
अहिले डीपीआरको काम अन्तिम चरणमा रहेको सडक विभाग अन्तर्गतको एडीबी निर्देशनालयका डेपुटी निर्देशक सुरेस पौडेलले जानकारी दिए । मुग्लिन–पोखराको झण्डै ९३ किलोमिटर सडक विस्तारको डीपीआर क्यानेडियन कम्पनी एमएमएम ग्रुपले बनाइरहेको छ । प्रारम्भिक अनुमान अनुसार २० अर्व रुपैयाँको लागतमा उक्त सडकखन्डको बिस्तार पुरा हुने देखिएको पौडेलले जानकारी दिए । उक्त लागत डीपीआर तयार भएपछि केही फरक पर्न सक्ने जनाइएको छ ।
पौडेलका अनुसार उक्त योजनामा एडीबीले १५ अर्ब रुपैयाँ ऋण सहयोग गर्नेछ भने त्यसमा थप ५ अर्ब रुपैयाँ नेपाल सरकारले लगानी गर्ने छ ।
पर्यटकीय नगरी पोखरालाई जोड्ने प्रमुख मार्गको रुपमा रहेको यो सडकखन्ड डीपीआर तयार भएको ५ महिना भित्र ठेक्काको लागि टेन्डर आह्वान गर्ने तयारी भएको पौडेलले जानकारी दिए ।
डीपीआर र ठेक्का प्रकृया पुरागरि ठेकेदार कम्पनी छनोटमा करिब १० महिना खर्च हुने देखिन्छ । सबै काम सहितरिकाले हुने हो भने अबको एक वर्ष भित्र सडक बिस्तारको काम सुरु हुने छ ।
यसरी विस्तार हुने सडकमा पहिलो मापदन्ड सडक दुर्घटना न्यूनीकरण हुने पोडेलले जानकारी दिए । ‘सडकको बीचमा मिडियम राखिनेछ, त्यसले गर्दा विपरित दिशाबाट आएको गाडी ठोकिदैन र बस्ती भएको ठाउँमा सर्भिस लेन पनि राख्ने योजना बनाएका छौँ’ उनले भने ।
-गीता भुजेल/मेरो अटो
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो