पोखरा विश्वविद्यालयमा तोडफोड, २२ विद्यार्थी प्रहरी नियन्त्रणमा

पोखरा विश्वविद्यालयमा तोडफोड, २२ विद्यार्थी प्रहरी नियन्त्रणमा

bhanu

पोखरा, १० फागुन  । पोखरा विश्वविद्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले स्ववियू सदस्य सहित विभिन्न संगठनका २२ बिद्यार्थीलाई प्रहरी नियन्त्रणमा लिएको छ । विद्यार्थीहरुले विश्वविद्यालयको डिन कार्यालय र ग १ च ७१७८ नम्बरको गाडीको सिसा र कार्यालय भवनको झ्यालका सिसा फुटाएको कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले बताए । गएराति इन्जिनियरिङतर्फ चौंथो वर्षका ७ औं सेमेस्टरका विद्यार्थीको परीक्षाफल प्रकाशन भएको थियो ।

सोही परीक्षाफल प्रकाशनमा अनियमितता भएको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् । विद्यार्थीको तोडफोडपछि बिहीबार विद्यालयको प्रशासन खुलेको छैन । उनीहरुले प्रशासनका कुर्चीमा आगजनी गरेको प्रहरीले जनाएकोे छ ।

विद्यार्थीहरुले परीक्षामा लापरबाही भएको भन्दै पुनः परीक्षा लिनुपर्ने माग गरेका छन् । विद्यार्थीले आन्दोलनलाई निरन्तरता दिने बताएका छन् । घटनाको विषयमा प्रशासन पक्ष र विद्यार्थीबीच वार्ता नभएको आन्दोलनमा संलग्न नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds