श्यामशितल परियार, लमजुङ । ‘स्टुडियो’ र देश/विदेशमा हुने विभिन्न ‘स्टेज’ कार्यक्रममा भ्याईनभ्याई हुन्थ्यो, कुनै समय नेपाली लोक सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका चर्चित लोक दोहोरी गायक राजु परियारलाई । उनले आम दर्शक/श्रोताको मनमा बस्न सफल हजारौँ गीतमा आफ्नो सुरिलो श्वर भरेका छन् ।

‘मिरमिरेको घाम…..,’ ‘दुराडाँडे दाई……..,’ ‘सुनपानीले छर्क मायालु………….,’ ‘झिमझिम सानु……….,’ ‘लालुपाते नुँघ्यो भुइँतिर…..,’ ‘दिउँला फूलको थुंगा………..,’ ‘माफ गर भूल भए……..,’ लगायत माया, प्रेम, मिलन, विछोडका हजारौँ गीतमा उनले आफ्नो ‘जादुमयी श्वर’ दिएका छन् ।
‘स्टुडियो’ र ‘स्टेज’ फरक
अहिले पनि ‘स्टुडियो’ र देश/विदेशमा हुने सांगीतिक कार्यक्रममा व्यस्त हुने गायकमा पर्छन्, राजु परियार । ‘स्टुडियो र ‘स्टेज’मा बिल्कुलै फरक छ,’ उनी भन्छन् ।
उनका अनुसार गायक/गायिकाले स्टुडियोमा निश्चित स्केलमा रहेर, वाद्यवादनको संयोजनमा रहेर गाउनुपर्छ ।
‘स्टुडियोमा आफुमात्र रमाईन्छ । तर स्टेजमा श्रोता/दर्शकसंग भलाकुसारी गर्दै गाउन सकिन्छ । हामीहरु स्टेज कार्यक्रममा श्रोता/दर्शकसंगै गाउँदै, रमाउँछौँ,’ उनी थप्छन् ।
विभिन्न पर्व, अवसरमा देश/विदेशमा हुने सांगीतिक तथा साँस्कृतिक कार्यक्रमले कला क्षेत्रमा लागेका व्यक्तिहरुको अर्थोपार्जनमा समेत टेवा पुर्याएको गायक परियार बताउँछन् ।
गायक राजु भन्छन्, ‘विभिन्न अवसरमा देश÷परदेशमा हुने स्टेज कार्यक्रमले कलाकारको अर्थोपार्जनका साथै नयाँ प्रतिभा जन्माउन पनि भूमिका खेलेको छ ।’
स्टुडियोसंगै देश तथा देशबाहिर हुने विभिन्न सांगीतिक कार्यक्रममा व्यस्त हुने गायक हुन्, चोलेन्द्र पौडेल पनि । उनी कार्यक्रम उद्घोषकका रुपमा समेत परिचित छन् ।

देश तथा परदेशमा हुने कार्यक्रमले कलाकारलाई बाँच्न केही सहज बनाएको उनी बताउँछन् । उनी अघि थप्छन्, ‘सबै त होईन तर सीमित चलेका कलाकारको बाँच्ने आधार बनेको छ, देश विदेशमा हुने कार्यक्रम ।’
आफुले स्टुडियोमा दर्शक/श्रोतालाई सम्झेर गीत गाउने गरेको उनी बताउँछन् ।
‘देश भित्र र बाहिर हुने कार्यक्रममा प्रत्यक्ष श्रोता/दर्शकमाझ प्रस्तुती राख्न पाउँदा खुशी लाग्छ,’ उनी दोर्याउँछन्, ‘विभिन्न अवसरमा विभिन्न ठाउँमा हुने सांगीतिक तथा साँस्कृतिक कार्यक्रमहरु कलाकारलाई केही रुपमा भएपनि बाँच्ने आधार बनेको छ ।’
संगीत बजार व्यवस्थित हुन सकेन
नेपाली गीत/संगीत क्षेत्रको बजार व्यवस्थित हुन नसकेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय उप–महासचिव समेत रहेका गायक पौडेल बताउँछन् ।
मेला, महोत्सवले नयाँ पुराना दुवै कलाकारलाई स्थान दिनुपर्ने उनी बताउँछन् । गायक पौडेलका ‘जाम झोला बोकेर……,’‘वनैको चरी….,’ ‘पानी मुनी मुनी….,’ लगायतका गीत चर्चित छन् ।
यसैगरी, देश÷विदेशमा हुने विभिन्न कार्यक्रममा रोजाइँमा पर्ने गायकभित्र पर्छन्, अहिलेका चर्चित लोक दोहोरी गायक रामजी खाँड । उनले दुई दर्जन बढि देशमा पुगी आफ्नो सांगीतिक प्रस्तुती दिई सकेका छन् ।
उनी स्टुडियोसंगै विभिन्न कार्यक्रममा व्यस्त भईरहने गायक पनि हुन् ।
‘स्टुडियोमा एउटै गीतलाई ‘रिपिट’ गरी गरी गाउँछौँ । नमिलेको ठाउँमा मिलाउँछौ । सकेसम्म गीत राम्रोसंग गाउने प्रयास गछौँ,’ स्टुडियोको आफ्नो अनुभव बताउँदै गायक रामजी स्टेज अनुभबारे सुनाउँछन्, ‘स्टेजमा ‘लाईभ पफर्म’ हुन्छ । त्यसैले अलि ‘रिस्की’ पनि हुन्छ । कसरी राम्रो प्रस्तुती दिने, श्रोता/दर्शकको मन कसरी जित्नेभन्नेमा ध्यान केन्द्रीत हुन्छ । स्टुडियो भन्दा तुलनात्मक रुपमा स्टेजमा अलि गाह्रो हुन्छ ।’

गीत गाएरै जीवन चलाउन सकिन्छ !
गीत/संगीतमै लागेर आफुले सजिलै परिवार पालेको उनी बताउँछन् । ‘मैले यसै क्षेत्रबाट जीवन चलाएको छु । हिजोका दिनमा गीत गाएरै बाँच्न गाह्रो थियो । अहिले पनि यस क्षेत्रमा संघर्षरत व्यक्तिलाई त गाह्रै छ,’ उनी थप्छन्, ‘तर मेहनन गरी आएमा, गीत/संगीत क्षेत्रमा राम्रो गर्न सकेमा यसैबाट सजिलै जीवन चलाउन सकिन्छ ।’
नाम, दाम दुवै हुने भएकाले पनि पछिल्लो समय गीत÷संगीत क्षेत्रमा आफ्नो ‘करियर’ बनाउन खोज्नेहरुको संख्या बढ्दो छ ।

‘राम्रो सिर्जना गर्न सके, मेहनत गरी जन–जनको मन छुने खालका गीत गाउन सके यस क्षेत्रमा लागेर सजिलै बाँच्न सकिन्छ,’ गायक खाँड भन्छन् ।
‘पछ्यौरी लेउ बैना…………,’ ‘दामी देखिन्छ….,’ ‘फूल फुलेर…….,’ ‘जाम भन्यो लाहुरले….,’ ‘धुँवासरी……….,’ लगायतका दर्जनौँ चर्चित गीतमा गायक खाँडले आफ्नो मिठो श्वर भरेका छन् । आफुले गाएका कतिपय गीतको ‘म्युजिक भिडियो’मा उनी आफैँ पनि कम्मर मर्काउँछन् ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो