संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले खेलकूद पर्यटन प्रवद्र्धनको मुख्य आधार भएको बताएका छन् ।
विहिबारदेखि पोखरामा शुरु भएको १७ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री अधिकारीले पोखरा पर्यटनमात्र नभई खेलकूदको समेत राजधानी भएको उल्लेख गरे । पोखरा रंगशालालाई सुविधा सम्पन्न बनाउन सरकारले आवश्यक प्रकृया अगाडि बढाएको मन्त्री अधिकारीको भनाई थियो । मन्त्री अधिकारीले त्यसका लागि तीनै तहका सरकारबीच समन्वय अपरिहार्य रहेको बताए ।
उनले सरकारले संघीय संरचनालाई प्रभावकारी र व्यवस्थितरुपमा अगाडि बढानुको साथै आवश्यक कानूनी संरचना तथा पूर्वाधार विकासमा जोड दिदै आएको उल्लेख गरे । अव मुलुक समृद्धितर्फ उन्मुख भएको मन्त्री अधिकारीको धारणा थियो ।
वर्तमान सरकार गठन गर्दा दुई प्रतिशत काम भएको पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल एक बर्षको अवधिमा २८ प्रतिशत काम भई सकेको मन्त्री अधिकारीले जानकारी दिए । तोकिएको समय भन्दा छ महिना अघि पोखरा विमानस्थलको सम्पूर्ण निर्माण कार्य सम्पन्न हुने दावी गरे । मन्त्री अधिकारीले पोखराको अन्तराष्ट्रिय विमानस्थल सन् २००० सम्ममा विमानस्थल निर्माण सम्पन्न हुने २०२१ जनवरीमा परीक्षण उडान गरि फेब्रुअरीदेखि सञ्चालनमा आउने उल्लेख गरे । उनले यसले गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने