तनहुँ । तनहुँको दमौलीमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा बिहिवार एमबिएस प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थी संग अन्तरक्रिया सम्पन्न भएको छ ।
कार्यक्रममा त्रिवि व्यवस्थापन संकायका सहायक डिन दिनेशमणि घिमिरेले सेमेस्टर प्रणालीमा प्रयुक्त हुने शिक्षण विधि तथा मुल्यांकन प्रणालि एवं विद्यार्थिले ध्यान दिनुपर्ने विषयमा अभिमुखिकरण गराएका थिए ।
क्याम्पसको व्यवस्थापन विभाग प्रमुख रामभक्त घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष रामचन्द्र बस्नेत, उपाध्यक्ष र श्रीराम कार्कीले नव आगन्तुक विद्यार्थी लाई स्वागत गरेका थिए ।
उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य देब कुमार श्रेष्ठले सफल २ विद्यार्थीहरु लाई छात्रवृत्ति प्रदान गर्ने तथा विभागलाई कम्पुटर दान गर्ने प्रतिबद्धता गरेका थिए ।
क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसको नीति तथा कार्यक्रमको बारेमा प्रस्तुति दिएका थिए ।
सहायक क्याम्पस प्रमुख आत्मराम बास्तोला संचालन गरेको उक्त कार्यक्रममा स्वागत बसन्त कडेलले गरेको थिए कार्यक्रममा एमबिएस अध्ययन गर्ने दुई सेक्सनका ५२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते