किरण श्रेष्ठ, तनहुँ । जिल्लामा ट्राफिक व्यवस्था सुधारका लागी जिल्ला ट्राफिक कार्यालय तनहुँले सक्रियता देखाएको छ । पछिल्लो समय सदरमुकाम आसपासमा सवारी चेकिङलाई तिव्रता दिनुका साथै चेतनामुलक कार्यक्रम संचालन गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक नियमको पालाना गराउन र राजमार्गमा सवारी साधान प्रयोगबाट हुने अपराधिक कृयाकलापको रोकथाम एवं नियन्त्रणमा लिने उदेश्यले तनहुँ ट्राफिकले छड्के चेक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँ तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँबाट परिचालित संयुक्त सवारी चेकजाँच टोलीले गत फागुन ६ गते सोमबार राजमार्गको विभिन्न स्थानमा चेक प्वाईन्ट राखी सवारी साधान चेकजाँच गरेको थियो ।
सो क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने, सवारी धनी किताब तथा सवारी चालक अनुमती पत्र बिना सवारी चलाउने लगायत सवारी तथा यातायात व्यवस्था ऐन र ट्राफिक नियमको उल्लंघन गरी सवारी साधान चलाउने पक्राउ गरेको प्रहरिले जनाएको छ ।
यसरि पक्राउ परेका ३२ जना सवारी चालकहरुलाई ट्राफिक कार्यालयमा कार्यरत प्रनाउ श्यामु अर्याल र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रनानि पुर्ण बहादुर अधिकारीले सवारी ऐन, नियम तथा ट्राफिक नियम सम्बन्धी चेतनामुलक प्रशिक्षण दिएका थिए ।
नियम विपरीत सवारी चलाउने उपर नियामानुसारको कार्वाही गरी नियन्त्रणमा लिईएका सवारी साधान सम्बन्धित धनीलाई जिम्मा दिईएको थियो ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते