प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति शर्माको गीत प्रकरणमा पहिलो पटक बोलेका छन् । बुधबार सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै उनले शर्माको गीतलाई जनताले मन नपराएको बताएका हुन् ।
लोकगायक शर्माको नाम नलिइ प्रधानमन्त्री ओलीले भने, ‘एउटाले भुलचुकले एउटा गीत बनायो अरे, लुट लुट केही काम लाग्दैन, लुटेर खा भाइ लुटेर खा । जनताले मन पराएनन् तिम्रो गीत भनेपछि युट्युबटबाट हटाए रे ।’
शर्माको ‘लुट कान्छा लुट’ बोलेको गीत हालै सार्वजनिक भएको थियो । तर, सत्तारुढ नेकपा सम्बद्ध युवा संघले गीत नसच्याए बहिस्कार गर्ने धम्की दिएको थियो । लगतै शर्माले युट्युब च्यानलबाट आफ्नो गीत हटाएका छन् ।
तर, शर्माको गीतमाथि प्रतिवन्ध लगाउन खोजेको भन्दै सरकारको चर्को आलोचना भयो । प्रमुख विपक्षी कांग्रेसका सांसद अमरेशकुमार सिंहले संसदमै शर्मालाई २५ हजार पुरस्कार दिने घोषणा गरे ।
तर, प्रधानमन्त्री ओलीले सिंहप्रति कटाक्ष गरेका छन् । सिंहको नाम नलिइ उनले एक सांसदले नेपालीलाई सुहाउने गीत किन हटाएको भन्दै २५ हजार पुरस्कार घोषणा गरेको सुनाए । उनले हाँस्दै भने, ‘अचम्म लाग्यो मलाई, कहाँ जान खोज्दैछौं हामी ।’
‘भावनामा बगेर एउटा गीत लेखे, युट्युबमा पनि हाले तर, सबैले राम्रो गरेनौं भाइ भनेपछि हटायो त सिध्यियो नि कुरा’, प्रधानमन्त्री ओलीले भनेका छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो