१७ औं आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । फागुन ९ गतेबाट सुरु हुने प्रतियोगिताको पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले ८ लाख १ हजार र उपविजेताले भने ४ लाख १ हजार रुपैयाँको साथमा ट्रफी मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ । गत वर्षको तुलनामा यसवर्ष विजेतालाई १ लाख र उपविजेतालाई ५० हजार पुरस्कार राशिमा वृद्धि गरिएको हो ।
१० दिनसम्म चल्ने प्रतियोगितामा लिग विजेता मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, हिमालयन शेर्पा क्लब, धरान फुटबल क्लब सुनसरी, विभागीय टोली, नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल (एपिएफ) विदेशी टिम डफिन्स फेमिली टिम क्यामरुन, युनाइटेड सिक्किम भारत र आयोजक गरी १० टिमबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
एन्फाको कारण यसपटक प्रतियोगिताको अवधि १० दिनमा खुम्चिन पुगेको सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले बताए । उनले आहा रारा फुटबल प्रतियोगिताको इतिहासमै १२ दिनसम्म सञ्चालन हँुदै आएकोमा यसपालि एन्फाले खेल तालिका १० दिनको बनाएको बताए । यसअघि आहा रारामा १२ टिमको सहभागिता भएको बताए । करिब ३ हजार दर्शक अट्ने अस्थायी प्यारापिट निर्माण गर्ने उनले जानकारी दिए ।
प्रतियोगिताबाट १ करोड ३० लाख १ हजार आम्दानी गर्ने लक्ष्य राखिएको क्लबका महासचिव विश्वराज बरालले बताए । उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब ९७ लाख ९८ हजार लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताबाट ३२ लाख २ हजार रुपैयाँ बचत गरिने लक्ष्य राखिएको छ । बचत रकमलाई क्लबले कठिन परिस्थिति एवं विपन्न वर्गका बालक सम्मिलित सहारा फुटबल एकेडेमीमा लगानी गरिने वरिष्ठ उपाध्यक्ष हरिराम गुरुङले बताए । हाल तेस्रो ब्याचको एकेडेमीमा १६ जिल्लाका २८ जना बालक आश्रित छन् ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई यसवर्ष भने स्कुटर प्रदान गरिने भएको छ । त्यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई समान १५ हजार रुपैयाँका साथै ट्रफी प्रदान गरिने छ । सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँका साथै ट्रफी प्रदान गरिने छ ।
प्रतियोगिता अवधिमा सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७५ बाट १ जनालाई सम्मान गरिने क्लबले जनाएको छ । यसको पुरस्कार राशि ३५ हजार छ । हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा उक्त प्रतियोगिता हुन लागेको हो ।
त्यस्तै प्रतियोगिताको प्रिक्वाटरफाइनल खेल विजेता टिमलाई २० हजार र उपविजेता टिमलाई १०, क्वाटरफाइनल विजेता तथा उपविजेतालाई ३० र २० हजार, सेमिफाइनल विजेता तथा उपविजेता दुवै टिमलाई ५० हजार नगद प्रदान गरिने महासचिव विश्वराज बरालले जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा क्लब र सशस्त्र प्रहरी बल एपिएफबीच हुने बरालले बताए ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने