फ्रुटी दिएर बालिका फकाए, उखुबारीमा बलात्कारपछि जलाए

फ्रुटी दिएर बालिका फकाए, उखुबारीमा बलात्कारपछि जलाए

pakrau

धनुषाको मिथिला-३, मगर टोलमा फागुन २ मा बिहान साढे १० बजे उखुबारीमा नग्न अवस्थामा जलेको शव फेला परेको थियो । बोल्न नसक्ने अपाङ्गता भएकी ११ वर्षीया बालिका रेश्मा भनिने दुतिया रसाइलीको शव भेटिएलगत्तै प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले अनुसन्धान थालेको थियो ।

रसाइलीको घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । धनुषाको बटेश्वर-४ बस्ने ‘हाम्ली डन’ भनेर चिनिने निरज जर्घामगरलाई घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो ।संकित व्यक्तिको खोजतलास गर्ने क्रममा भारतीय सीमा क्षेत्रमा लुकिछिपी भाग्न लागेको अवस्थामा दुहबी टोलबाट मगरलाई पक्राउ गरिएको प्रदेश २ का प्रहरी प्रमुख डिआईजी हरिबहादुर पालले बताए ।

पक्राउ परेपछि प्रहरीलाई बयान दिने क्रममा उनले थप चार जनाको नाम लिएर सामूहिक बलात्कारपछि हत्या गरेको बताएका थिए । तर, अनुसन्धानका क्रममा उनले नाम लिएका व्यक्तिहरुको संलग्नता नरहेको खुलेको प्रहरीले दाबी गरेको छ । मगरमाथि जबरजस्तीकरणी गरी कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बिहेबाट बालिकालाई फकाएर लगे, हत्यापछि बिहेमै फर्किए

गत बुधबार मगरको मामाघर मिथिला-३ मा इन्द्रबुर्जा मगरको छोरीको विवाह भोज राखिएको थियो । भोजमा मृतक बालिका पनि सहभागी थिइन् । भोज पश्चातको नाचगानमा सहभागीहरु सरिक भए ।

त्यसबीच त्यहाँ बिजुलीको लाइन काटिन्छ र किशोर-किशोरीबाहेक अधिकांश तितरवितर हुन्छन् । केही घरतिर लाग्छन् । त्यही मौका पारेर रक्सी, लागूऔषध ट्याबलेट र गाँजासमेत सेवन गरेका अभियुक्त मगरले रसाइलीमाथि नजर लाउँछन् । उनले नजिकैको किराना पसलमा चाउचाउ र फ्रुटी पनि किनिदिन्छन् । त्यसपछि फकाएर खोलाको बाटो हुँदै उत्तरतर्फ करिब दुई सय मिटर उत्तरपश्चिमतिर रहेको उखुबारीमा लैजान्छन् ।

अनुसन्धान अधिकारीहरुका अनुसार त्यहीँ मगरले बालिकाको जबरजस्ती करणी गर्छन् । र, पोल खुल्ने डरले घाँटी थिचेर हत्या गर्छन् । त्यतिले मात्रै उनी आफूलाई सुरक्षित महसुस गर्दैनन्, शवमाथि उखुको सुकेको पात, बालिकाको कपडा र चप्पल राखेर आगो लगाउँछन् । आगो लाग्न थालेपछि उनी त्यहाँबाट निस्किएर पुनः विवाह घरमा गएर नाचगानमा सरिक हुन्छन् । र, मामा घरमा गएर सुत्छन् । भोलिपल्ट बिहान हत्याको हल्लाखल्ला भएपछि उनी आफैं हेर्न जान्छन् । त्यसपछि मामाघर फर्किए, अनि गाउँबाट भागे ।

उनको आमाले बुबालाई छोडेपछि बुबा भारतमा गएर लेबर काम गर्ने गरेको छन् । आमाले अर्कै विवाह गरी काठमाडौंमा बस्दै आएको खुलेको छ । त्यसयता उनी काठमाडौं, जनकपुर लगायतका क्षेत्रमा बस्ने गरेका थिए भने उनी कहिले पेन्टर, कहिले सवारी साधनमा खलासी त कहिले लेबरको काम गर्ने गरेको देखिएको छ ।

अनलाइनखबरबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ