भारतीय सिने उद्योगमा पाकिस्तानीलाई काम गर्न पूर्ण प्रतिबन्ध, आतिफ आश्लम र रहात फतेहका गीत हटायो

भारतीय सिने उद्योगमा पाकिस्तानीलाई काम गर्न पूर्ण प्रतिबन्ध, आतिफ आश्लम र रहात फतेहका गीत हटायो

raj-fateh-ali-khan-and-atif

zभारतको सिनेकर्मीहरूको संगठन ‘अल इन्डिया सिने वर्कर्स एसोसिएशन’ले सोमबार पाकिस्तानी कलाकारलाई काम गर्न प्रतिबन्ध लगाएको घोषणा गरेको छ। प्रतिबन्धले भारतमा बसेर भारतिय सिनेमा उद्योगमा काम गर्दै आएका पाकिस्तानी कलाकार प्रभावित हुनेछन्।

भारत शासित जम्मु-काश्मिरको पुलवामामा आतंकवादी विस्फोटमा परि भारतिय सिमा सुरक्षा बलका ४० बढि सैन्य जवानले ज्यान गुमाएको घटनापछि एसोसिएशनले यस्तो निर्णय गरेको हो। विस्फोटपछि भारतमा यसलाई लिएर भारतमा आक्रोश चुलिरहेको बेलामा यस्तो निर्णय आएको हो। यसअघि पनि भारत-पाकिस्तानको सम्बन्धमा तनाव सिर्जना हुँदै यस्तो प्रतिबन्ध लाग्ने गरेको थियो।

पुलवामामा भएको घटनामा पाकिस्तानको हात रहेको भारतीयहरूको आरोप छ। एसोसिएशनले वर्तमान अवस्थालाई मध्येनजर गर्दै कुनै पनि पाकिस्तानी कलाकारसँग काम नगर्ने र यसलाई कडाइकासाथ लागु गर्ने निर्णय गरेको जनाएको छ।

यस प्रतिबन्धको असर सिने उद्योगमा देखिन थालिसकेको छ। भारतको ठूलो म्यूजिक कम्पनीमध्येको एक ‘टिसिरिज’ले आफ्नो यूटयूब च्यानलबाट पाकिस्तान गायकहरू आतिफ आश्लम र रहात फतेह अलि खानका गीतलाई हटाएको छ।

यसैगरी अजय देवगनले आफ्नो आगामी कमेडी सिनेमा ‘टोटल धमाल’ पाकिस्तानमा रिलिज नगर्ने बताइसकेका छन् भने कपिल शर्माको नयाँ कमेडी शोबाट पाकिस्तानलाई समर्थन हुने किसिमको वक्तव्य दिएको भन्दै नवजोद्ध सिंह सिद्धुलाई हटाइएको छ। उनको सट्टामा अर्चना पुरण सिंहलाई ल्याइएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ