तनहुँ । रोटरी क्लब अफ दमौली, रोट्रयाक्ट क्लब अफ दमौली र युनि क्याम्पसको संयुक्त आयोजनामा दमौलीमा दोस्रो होली महोत्सव हुने भएको छ । आगामी चैत ६ गते फागुपुर्णिमाको अवसरमा क्लबले दमौलीमा होली महोत्सव गर्ने बारे शनिवार दमौलीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
एक आपसमा रंग आदानप्रदान गर्दै फागुपुर्णिमाको शुभकामना आदन प्रदान गर्दै, सामाजिक सद्भाव, परिचयआत्मक, मनोरञ्जन हुने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको रोटरी क्लब अफ दमौलीका अध्यक्ष सन्तोष कुमार श्रेष्ठले बताए ।
मनोरञ्जनको माध्यमबाट स्थानीय व्यापार व्यवसायको प्रवद्र्धन गर्नको लागि पनि होली महोत्सवको उद्देश्य रहेको श्रेष्ठले प्रष्ट पारे । सो अवसरमा विभिन्न रमाइला खेलकुद प्रतियोगिता समेत सञ्चालन गर्ने आयोजकले जानकारी गराएको छ ।
होलीको दिन रंगसँगै घइटो फुटाई, डोरी तान्ने, बास्केट बल लागयतका खेलहरु पनि रहने । यो कार्यक्रम १४ घण्टा सम्म चल्ने छ । होलीलाई विशेष बनाउनेको लागि स्थानीय जातजातीका सांस्कृतिक कार्यक्रमलाई पनि समावेश गर्ने श्रेष्ठले बताए । यस कार्यक्रममा पुरै डिजेको म्युजिक दिनै भरि हुनेछ । ठाउँ ठाउँमा पानीको फोहोरा समय समयमा आउने महोत्सवको आकर्षण रहेका छन् ।
कार्यक्रम सम्पन्न गर्न करीब ७ देखी ८ लाख लाग्ने अनुमान गरिएको रोट्रयाक्ट क्लब अफ दमौली अध्यक्ष बिपिन श्रेष्ठ जानकारी दिए । अघिल्लो वर्ष होली महोत्सव रोट्रयाक्ट क्लब अफ दमौलीले मात्र गरेको थियो भने यस वर्ष रोटरी र रोट्रयाक्टले संयुक्त रुपमा गर्ने भएको हो ।
दोस्रो रोटरी रोट्रयाक्ट होली महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था रहेको रोट्रयाक्ट क्लबका आगामी वर्षका अध्यक्ष मनोज राउतले बताए ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते