गण्डकी सरकारको १ वर्षे उपलब्धि: १२७ बुँदामा पढ्नुहोस्

गण्डकी सरकारको १ वर्षे उपलब्धि: १२७ बुँदामा पढ्नुहोस्

Gandaki Province Pradesh Bhawan

file photo

पोखरा : आज फागुन ४ गते । गण्डकी प्रदेश  सरकार गठन भएको दिन । यस अवसरलाई नै प्रदेश दिवस घोषणा गरिएको छ । यस अवसरमा शनिबार प्रदेश सरकारले गएको १ वर्षमा गरेका १२७ बुँदे उपलब्धि सार्वजनिक गरेको छ।

६० जना प्रदेशसभा सदस्य रहेको गण्डकीमा पार्टी एकीकरणअघि नै तत्कालीन एमाले र माओवादी केन्द्रले गठबन्धन सरकार बनाएका थिए । ती पार्टी नेकपा बनिसक्दा सत्तारुढ दलसँग ३७ सांसद छन् । प्रतिपक्ष कांग्रेस १५ जनासहित प्रदेश सभामा उपस्थित छ । राजमोका २ र नयाँ शक्तिका २ सांसद छन् । एक स्वतन्त्र सांसद छन् । राजमोका १ सांसदको पुस ६ गते निधन भएपछि बागलुङ २ को ख निर्वाचन क्षेत्र रिक्त छ ।

माघ २८ गते प्रदेशसभामा तत्कालीन एमालेका संसदीय दलको नेता चुनिएपछि पृथ्वीसुब्बा गुरुङले फागुन ४ गते प्रमुख बाबुराम कुँवरबाट मुख्यमन्त्रीको सपथ लिएका थिए । गोरखाबाट निर्वाचित रामशरण बस्नेतलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएर २ सदस्यीय मन्त्रिमन्डल बनाएका उनले सोही दिन मन्त्रिपरिषदको बैठक राखेका थिए ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पहिलो वर्ष कानुन निर्माणको वर्ष भएको बताउँछन् । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ आर्थिक वर्षको अन्त्यसम्म बजेट कार्यान्वयन ७० प्रतिशतभन्दा बेसी हुने बताउँछन् ।

यस्ता छन् गण्डकी सरकारका १२७ बुँदे उपलब्धि:

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”20640″ /]

श्रोतः अन्नपूर्ण पोष्ट

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds