हेलिकोप्टर आवश्यक पर्ने गर्भवती र सुत्केरीलाई गण्डकी सरकारले नि:शुल्क उद्धार गर्ने

हेलिकोप्टर आवश्यक पर्ने गर्भवती र सुत्केरीलाई गण्डकी सरकारले नि:शुल्क उद्धार गर्ने

Heli

पोखरा, ३ फागुन  । गर्भवती र सुत्केरी महिलाको अकालमै ज्यान जाने गरेको भन्दै गण्डकी सरकारले हेलिकोप्टरमा निशुल्क उद्धार गर्ने निर्णय पनि गरेको छ । जोखिममा परेका सुत्केरी र गर्भवती महिलाको हेलि उद्धार (एयर लिफ्टिङ) गर्न कार्यविधि समेत पारित गरेको छ ।

‘कोही पनि महिला सुत्केरी हुँदा जोखिममा पर्नुपर्दैन । सरकारले उनीहरुको उद्धार गर्छ, निर्णय सार्वजनिक गर्दै चुमानले भने–हेलि उद्धारमा लाग्ने खर्च पनि सरकारले नै ब्यहोर्छ ।’ गर्भवती र सुत्केरी महिलालाई जटिलता व्यवस्थापनको लागि सुविधा सम्पन्न अस्तालमा एयरलिफ्ट गर्ने कार्यविधी’ पारित भएको हो ।

एयर लिफ्टिङ गर्दा स्थानीय स्तरमा उपचाररत स्वास्थ्यकर्मीको सिफारिस चाहिन्छ । ‘जोखिम हो वा होईन स्थानीय स्तरमै रहेका स्वास्थ्यकर्मीले जानकारी गराउँछन् । उनीहरुको सिफारिसको आधारमा प्रदेशको फोकल समितिले निर्णय गर्छ, चुमानले अघि भने–सम्बन्धित मन्त्रालयको समन्वयमा तत्काल हेलिकोप्टर पठाएर उद्धार गर्ने र सुविधासम्पन्न अस्पतालमा पु¥याउने काम हुन्छ ।’ उद्धारमा सहजताका लागि सिफारिस समितिको सचिवलाई संयोजक तोक्ने उनले जानकारी दिए । सरकारले तत्काल उपलब्ध हुन सक्ने जुनसुकै हेलिकोप्टर पनि प्रयोग गर्न सक्ने चुमानले बताए ।

बैठकले प्रदेश मातहत आएका सबै अस्पतालमा प्रदेश सरकारले काम थाल्ने निर्णय गरेको छ । यसअघि संघ अन्तर्गत रहेका जिल्ला जनस्वास्थ्य र स्वास्थ्य कार्यालयहरुमा प्रदेश सरकारले आफ्नो कार्यालय खोल्ने सामाजिक विकास मन्त्री नरदेवी पुनले जानकारी दिईन् ।

  • डिएनए नेपालबाट

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds