पृथ्वीचोकबाट सुरु भएको आइल्यान्ड घटाउने कामलाई पोखरा महानगरपालिकाले भने निरन्तरता दिइरहेको छ । महानगरले अहिलेसम्म पृथ्वीचोक, अमरसिंहचोक, जिरोकिलोमिटर, बिरौटाचोक, मुस्ताङचोक, हरिचोक लगायत चोकका आइल्यान्ड घटाएको छ ।
आइल्यान्ड घटाउँदै सालिकलाई पार्कमा व्यवस्थापन गर्ने बताइरहेको महानगरपालिकाले अब के गर्छ त ? मेयर मानबहादुर जिसी भन्छन्, ‘अर्धकदको सालिक भएको ठाउँमा रातारात अर्को सालिक ठड्याइछ । हामीले सबै सालिकलाई पार्कमा व्यवस्थापन गर्ने भनेका छौं । पोखरा बनाउने कि बिगार्ने भन्नेतिर सबैले सोच्नुपर्यो।’
पृथ्वीचोकमा आकासे पुल बनाउन प्रक्रिया अगाडि बढिसकेको बताउँदै मेयर जिसीले सालिकलाई पार्कमा व्यवस्थापन गर्ने काममा पछाडि नहट्ने बताउँछन् । पार्कमा सालिक व्यवस्थापन गर्ने कामको नेतृत्व उपमेयर मञ्जुदेवी गुरुङलाई दिइएको छ । पार्क बनाउन टेन्डर निकाल्ने प्रक्रियामा रहेको मेयर जिसीले बताए ।
पोखरा– १८ स्थित पर्यटकीय क्षेत्र सराङकोटको जामुने बोटमा पार्क निर्माण गर्ने महानगरले योजना बनाएको छ । सराङकोटमा ५७ रोपनी क्षेत्रफलको जग्गामा पार्क बनाउने गरी गुरुयोजना निर्माण गरी टेन्डरको तयारीमा रहेको मेयर जिसीले बताए ।
– समाधान दैनिक
सम्बन्धित खबर
राष्ट्रपति पौडेल पोखरामा
ढोरपाटनमा हिमपात, जनजीवन प्रभावित
प्रथम पिंक सिटी महोत्सव फागुन २१ देखि, तयारी अन्तिम चरणमा
प्रदेश प्रमुखद्वारा ग्याल्पो ल्होसारको शुभकामना
अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षा
बागलुङका ६ स्थानीय सरकारको आफ्नै ‘सिंहदरबार’
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम