तनहुँ । प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले जनताप्रति उत्तरदायी भएर प्रत्येक नागरिकलाई सुचना दिनु कर्मचारीको कर्तव्य भएको बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय तनहुँले मंगलबार दमौलीमा आयोजना गरेको ‘सूचनाको हकको संरक्षण, संवर्धन र प्रचलन एवं सुशासन प्रवर्द्धनमा राष्ट्रसेवक कर्मचारीको भूमिका बिषयक कार्यक्रममा प्रशिक्षणका क्रममा सो कुरा बताएका हुन् ।
प्रमुख सुचना आयुक्त बाँस्कोटाले राणाकाल र पञ्चायतको बेला मात्रै सूचना लुकाउने प्रचलन रहेकाले लोकतन्त्रमा सूचना लुकाउने अधिकार कसैलाई पनि नभएको बताए । सूचनाको हकलाई संविधानमा नै मौलिक हकको रुपमा भएकाले हरेक नागरिकले मागेको सूचना तत्कालै दिनुपर्नेमा जोड दिए।
सुचना लुकाउने जो कोसैलाई पनि कानूनबमोजिम कारवाही र दण्डको ब्यवस्था रहेको बास्कोटाले बताए । सुचना आयोगले कारवाही गर्दा फौजादारी कारवाही सरको हुने समेत उनले बताए ।
प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हक प्रभावकारी प्रयोगबाटबाट लोकतन्त्र बलियो हुने बताएका थिए ।
प्रमुख सूचना आयुक्त बाँस्कोटाले हरेक सरकारी कार्यालयले तीन/तीन महीनाभित्र आफूले गरेको काम सार्वजनिक गर्नुपर्ने र त्यसका लागि आमसञ्चार माध्यमको सहयोग लिन सकिने उल्लेख गर्दै प्रयोजन खुलाएर लिखित सूचना माग गरेको खण्डमा तत्काल दिनुपर्ने बताए ।
मागेको सूचना नदिएको खण्डमा २५ हजारसम्म जरिवाना, दैनिक २०० जरिवाना, विभागीय कारवाही र अटेरीबापत रु १० हजार थप जरिवाना गर्न सकिने कानूनी प्रावधान रहेको पनि उनले जानकारी दिए ।
अन्तर्राष्ट्रिय सम्बन्ध खलल पर्ने,सुरक्षामा असर पर्ने, अपराधको अनुसन्धानमा असर पर्ने, आर्थिक हितमा असर पर्ने, बौद्धिक हितमा असर पर्ने, बैंकिङ गोपनीयतामा असर पर्ने, जातीय सद्भाव भड्किने र विषय र व्यक्तिगत गोपनीयताको विषयमा भने सूचना दिन बाध्य नहुने व्यवस्था रहेको पनि प्रमुख सूचना आयुक्त बाँस्कोटाले जानकारी दिए ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सूचनाको हक कार्यान्वयनका लागि प्रतिवद्वता ब्यक्त गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँकी उपप्रमुख पवित्रा पौडेल जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा सुचना अधिकारीको सहभागिता रहेको थियो ।
यसैगरी मंगलबार पत्रकारहरु सँग कुरा गर्दै प्रमुख आयुक्त बाँस्कोटाले संचारकर्मीले सुचनाको हकको प्रयोग गर्न आग्रह गरेका थिए ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते