पिएन क्याम्पसका सहप्राध्यापक गोपाल शिवाकोटी चिन्तन झण्डै ३ करोड ठगी आरोपमा पक्राउ

पिएन क्याम्पसका सहप्राध्यापक गोपाल शिवाकोटी चिन्तन झण्डै ३ करोड ठगी आरोपमा पक्राउ

Gopal Shivakoti chintan

गण्डक न्यूज, पोखरा । पोखरामा जलश्रोत विज्ञका रुपमा चिनिने डा. गोपाल शिवाकोटी (चिन्तन) ठगी आरोपमा काठमाण्डौमा पक्राउ परेका छन् । पृथ्वीनारायण (पिएन) क्याम्पस पोखराका सहप्रध्यापक चिन्तनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले २ करोड ७६ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सहप्राध्यापक शिवाकोटीलगायतले कानुन विश्वविद्यालय खोल्ने भन्दै २ करोड ७६ लाख ठगी गरेको बुझिएको छ । कीर्तिपुर बस्दै आएका चिन्तनलाई प्रहरीले मंगलबार उनको घरबाट नियन्त्रणमा लिएर ठगी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । शिवाकोटीसँगै नुवाकोटका बद्रिकुमार थापा पनि पक्राउ परेका छन्। थापा बाँनियाटारबाट पक्राउ परेका हुन् ।

उनीहरु मिलेर ६६ जना भन्दा बढी व्यक्तिलाई ठगी गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त लामाले बताएका छन् । शिवाकोटीको समूहले मञ्जुश्री एजुकेसन एकेडेमी प्रालिको नाममा कानुन विश्वविद्यालय स्थापना गर्ने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ।

गोपाल शिवाकोटी ‘चिन्तन’ले लामो समय नेपाल ल क्याम्पस काठमाडौंमा प्रध्यापन गरेका थिए । उनले कानुनमै अमेरिकाबाट एल.एल.एम र पिएचडी समेत गरेका हुन् । अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारको विज्ञका रुपमा उनलाई चिनिन्छ । पूर्व न्यायाधीशहरु र दर्जनौं कानुन व्यवसायीहरुलाई ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ