पोखरा । अनाधिकृत रुपमा तोकिएभन्दा लाखौँ रुपैयाँ बढि शुल्क लिएको भन्दै आन्दोलनमा उत्रिएका गण्डकी मेडिकल कलेज (जिएमसी) का विद्यार्थीहरुलाई नागरिक अगुवाको साथ मिलेको छ । बुधबार राष्ट्रिय सम्पदा संरक्षण समिति नेपाल, स्वयंसेवी मानवअधिकार रक्षक सञ्जाल नेपाल, नागरिक समाज पोखरा, पोखरा उपत्यका बृहत् सफाइ अभियान र माछापुच्छ्रे महिला क्लबका प्रतिनिधि अनसन स्थल पुगेर ऐक्यबद्धता जनाएका हुन् ।
नियम विपरीत उठाइएको अतिरिक्त शुल्क विरुद्ध त्यहाँ अध्ययनरत तमाम विद्यार्थीहरु आन्दोलनमा उत्रिँदा कलेज प्रशासनले प्रोपोगान्डा मच्चाउने बाहेक समस्याको समाधान खोज्ने प्रयास नगरेको नागरिक समाज पोखराका संस्थापक संयोजक रामबहादुर पौडेलले बताए ।
उनीहरु आन्दोलनमो उत्रिएको १४ दिन र रिले अनशनमा बसेको चौथो दिनसम्म पनि जायज मागका सम्बन्धमा कुनै पहल नभएकोमा दुःख प्रकट गर्दै पौडेलले वार्ताका नाममा उनीहरूलाई थकाउने, गलाउने, फुटाउने र धम्की समेत दिने काम हुन अत्यन्त गैरजिम्मेवार कार्य भएको बताए ।
आकस्मिक सेवा समेत विद्यार्थीले बन्द गराएको आरोप लगाई कलेज प्रशासनले स्थानीय पत्रपत्रिकामा बुधवार प्रकाशित गरेको विज्ञापनमा (अपिलमा) कुनै सत्यता नभएको अनुगमनले पुष्टि गरेको पनि उनले खुलासा गरेका छन् ।
पौडेलले भने – बरु डा. टु माया घलेले मेडिकल ईन्चार्जहरुलाई बिरामी भर्ना नलिनू भन्ने आदेश दिएकोमा मेडिकल ईन्चार्जले लिखित पत्रको माग गरेको थाहा भएको छ। हामीले सिडिओलाई ध्यानाकर्षण गराईसकेका छौं । अनुगमनका क्रममा जिम्मेवार पदाधिकारी र कलेजका प्राचार्यलाई फोन सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन्।
पौडेलले विद्यार्थीहरु हुलहुज्जत, तोडफोड वा गम्भिर बिरामीको उपचारमा इमर्जेन्सीमा बाधा गर्न पुगेको खण्डमा समर्थन गर्न नसक्ने स्पष्ट रुपमा भनेको जनाउँदै शान्तिपूर्ण आन्दोलनमा सदैव साथ रहेको बताए ।
विद्यार्थीहरुले आन्दोलन र धर्नापछि पनि आफ्नो मागहरुको सुनुवाई नभएको भन्दै गत हप्ता मंगलबार साँझदेखि ओपिडी सेवामा भने अनिश्चितकालीन तालाबन्दी गरेका छन् । तालाबन्दी गर्नुभन्दा २४ घण्टा अगाडि उनीहरुले आफ्नो माग पुरा गर्नुपर्ने र नगरेको खण्डमा तालाबन्दी गर्ने अल्टिमेटम समेत दिएका थिए । विद्यार्थीहरुको आन्दोलनलाई त्यहाँ अध्ययनरत पूर्व डाक्टरहरु, अभिभावकहरुले साथ र समर्थन दिएका छन् ।
यसअघि कलेज प्रशासनले पटक पटक वार्ताका नाममा अलमलाएको छ । गत हप्ता मंगलबार बिहान ११ बजे विद्यार्थीहरुसँग सामुहिक अन्तरक्रिया गर्ने बताएतापनि प्रशासन उपस्थित भएन । विद्यार्थीहरु दिनभर नागढुङ्गास्थित होस्टेलमा छलफलको लागि प्रशासनका सम्बन्धित व्यक्तिलाई कुरे, तर उनीहरु आएनन् ।
मंगलबार नै डिनको कार्यालयले एक पत्र काट्दै पठनपाठन सुचारु गर्न गण्डकी मेडिकल कलेजको नाममा पत्र काटेको छ । उक्त पत्रानुसार कलेजलाई अतिरिक्त शुल्क मागको कारण समेत देखाउन निर्देशन दिएको छ ।
सम्बन्धित खबर
गण्डकीको हिउँदे अधिवेशन माघ २१ गते, प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने
गण्डकीका स्वास्थ्य सचिव विनोद विन्दु शर्माको सरुवा, डा. बगालेको पदस्थापन
रवि लामिछानेसहितलाई धरौटीमा छाड्नुको आधार र कारण माग्याे उच्चले
रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता
‘पोखरा एक्स्चेन्ज एण्ड टेस्ट ड्राइभ कार्निभल’ सम्पन्न, २ सय भन्दा बढीले गरे टेष्ट ड्राइभ
१२ औं क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा ‘यूएनभी’
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी