पोखरा । पोखरामा बढ्दो शहरीकरणले सवारी साधनको को संख्यामा वृद्धि भएको छ । गण्डकी प्रदेश राजधानी यहाँ जनघनत्व पनि बढ्दैछ । मुख्य चोकहरुमा अब आकाशेपुल आवश्यक भइसक्यो । पोखरा महानगरले पोखराका मुख्य चोकहरुमा क्रमशः आकाशेपुल निर्माणको योजना अघि बढाएको छ । यसको सुरुवात सिर्जनाचोकबाट हुनेछ । झण्डै साढे २ करोड लागतमा आकाशे पुल बनाउन लागिएको महानगरले जनाएको छ । पृथ्वीचोकमा पनि आकाशे पुल बनाउने तयारी भैरहेको छ ।
सिर्जनाचोकको आकाशे पुलकालागि २ करोड ४१ लाख रुपैयाँमा टेण्डर आह्वान गर्न लागिएको महानगरका मेयर मानबहादुर जिसीले जानकारी दिए । आकाशे पुल निर्माणका लागि कास्की क्षेत्र नम्बर २ का सांसद समेत रहेका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रम मार्फत ५० लाख रुपैयाँ विनियोजन गरेका छन् । बाँकी रकम महानगरपालिकाले नै व्यहोर्नेछ ।
अहिले पुलको डिजाईन र स्टिमेट समेत तयार भैसकेको छ । १५ महिनाभित्रै पुल बनाईसक्ने योजना छ । मेयर जिसीले सिर्जनाचोकबाट काम सुरु गर्ने बताउँदै पृथ्वीचोकको पुलको पनि स्टिमेट र डिजाईन फाईनल हुने क्रममा रहेको जानकारीदिए । उनले केहि समयमै टेण्डर निस्किने जानकारी पनि दिए ।
सम्बन्धित खबर
‘एक्याप खारेज गर्नुपर्छ, स्थानीयले प्राकृतिक स्रोत उपयोग गर्न पाएनौँ’
मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज
आज मगर एकता दिवसः नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा
फेवाताल किनारमा भोलिदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम