प्रणय दिवसलाई लक्षित पार्दै स्पेक्स फोर्टिन नामक इभेन्ट तथा एड्भर्टाइजिङ कम्पनीले न्युरोड भाट्भटेनीमा अवस्थित पोखरा स्काई स्पोर्टसमा यही फाल्गुन २ गते लवग्याजम नामक सांगितिक साझँ आयोजना गर्ने भएको छ ।
बिनायो इन्टरटेन्मेन्ट नामक इभेन्ट कम्पनीको समंयोजकतामा हुन गईरहेको यस कार्यक्रम दिउसो २ बजे देखी बेलुकी ११ बजे सम्म हुने भएको छ ।

प्रेमिल जोडी तथा संगीत पारखीहरुलाई लक्षित पार्दै आयोजना हुन गईरहेको यस कार्यक्रममा सुशान्त केसीको मुख्य प्रस्तुती हुने भएको छ भने ड्रिमर्ज ब्यान्ड तथा अन्य लोकल ब्यान्डहरुले विभिन्न गीतहरु गाएर दर्शकहरुलाई मनोरन्ज प्रदान गर्ने भएका छन्। साथै नेपालकै सबैभन्दा हट डिजे भनी चिनिने डिजे अर्पणाले आफ्नो ईडियममा सबैलाई नचाएर सांगितिक माहोललाई अझै बढी रोमान्चक बनाउने आयोजकहरुको दाबी छ ।

सांगितिक कार्यक्रमको साथै लवग्याजमलाई अझै रोमान्चित बनाउन विभिन्न खेलहरु हुने भएको छ। जित्नेलाई ठुलै पुरस्कारको साथै अन्य धेरै सुबिधाहरुको पनि व्यवस्था रहेको यस कार्यक्रमका मुख्य आयोजक महेश्वर सिंह भण्डारीले जनाएका छन्। यस कार्यक्रमको लागि लाउन्ज पार्ट्नर चिप्लेढुङामा अवस्थित क्लाउड ९ रेष्ट्रो एन्ड लाउन्ज बार रहेको छ भने कार्यक्रमको सम्पूर्ण मार्केटिङको जिम्मा काठमान्डौ अवस्थित ट्रान्सटेक मिडियाले लिएको छ। साथै यस कार्यक्रमको फिट्नेश पार्ट्नर सेप अप स्लिमिङ सेन्टर रहेको छ भने मेडिकल पार्टनर पिपल होमकेयर नेपाल रहेको छ ।
प्रणय दिवसको दिन हुने गइरहेको यस कार्यक्रममा सबैजनाले भाग लिन पाउने छन्। साथै अहिलेका चर्चित युवा गायक सुशान्त केशीको अष्ट्रेलिया जानु अघी यो नेपालमा अन्तिम सो हुनेछ ।
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो