तनहुँ म्याग्देको पिपलटारमा खुकुरी प्रहार गरी २ वर्ष देखि फरार छविसेका थापा पक्राउ

तनहुँ म्याग्देको पिपलटारमा खुकुरी प्रहार गरी २ वर्ष देखि फरार छविसेका थापा पक्राउ

DPO Police Tanahun

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले २ वर्षदेखी ज्यान मार्ने उद्योग मुद्धामा फरार एक जना लाई पक्राउ गरेको छ । प्रहरीले गत २०७४ फागुन ९ गते तनहुँको म्याग्दे गाउँपालिका वडा नं ६ स्थित पिपलटारमा सन्जिब राई समेतका व्यक्तिहरुलाई धारिलो हतियार खुकुरी प्रहार गरी सख्त घाईते बनाएका म्याग्दे गाउँपालिका वडा नं ६ छविसे बस्ने बर्ष ३२ को दाह्री भन्ने सुरज थापा लाई पक्राउ गरेको हो ।

उक्त घटनामा लक्ष्मी राई समेतको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी मिलन पौडेल समेत भएको ज्यान मार्ने उद्योग मुद्दाको वारदात पश्चात प्रहरीले खोजतलास गरेको थियो ।

फरार रहेका प्रतिवादीहरुको खोजतलास जारी राखिएको अवस्थामा दाह्री भनि चिनिने सुरज थापा २७ गते आइतबार कावासोती स्थित पुर्वाधार विकास कार्यालयबाट आह्वान भएको टेन्डर ठेक्काको क्रममा विशेष सूचना मार्फत प्रहरीले थापा लाई पक्राउ गरेको हो ।

प्रहरी परिचालन गरी खोजतलास तथा निग्रानी गर्दा फरार प्रतिबादीहरु मध्ये दाह्री नामले चिनिने सुरज थापालाई नवलपरासी बर्दघाट सुस्त पुर्व कावासोती नगरपालिका वडा नं ३ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

थापा लाई पक्राउ गरी आबश्यक कार्बाहीको लागि तनहुँ जिल्ला अदालत समक्ष उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds