किरण श्रेष्ठ, तनहुँ । जबर्जस्ती करणी मुद्दामा फरार रहेका तनहुँको घिरिङ गाउँपालिका-४ का वडाध्यक्ष झकबहादुर कुमालले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
वडाअध्यक्ष झकबहादुर कुमाललाई पुर्पक्षका लागी थुनामा राखिएको छ । आफ्नै वडाका युवती बलत्कारको आरोप लागेको कुमाललाई थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सई टिकाराम पोख्रेलले जानकारी दिए ।
गत वैशाख २५ गते आफ्नै वडाकी १७ वर्षिय युवतीलाई नवलपुरको वुङदीकाली गाउँपालिका वडा नम्बर २ को जंगलमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा युवतीले गत बैशाख ३० गते प्रहरीमा उजुरी दिएकी थिइन् ।
युवतीले उजुरी दिएपछि प्रहरीले निरन्तर खोजी गरेपनि कुमाल फरार थिए । अदालत पक्राउ पुर्जी जारी गरेपछि उनले नवलपुर प्रहरीसामु सोमबार आत्मासर्पण गरेका हुन् ।
सोमबार नै अदालतमा हाजिर गराएको र अदालतको आदेश अनुसार नै थुनामा राखेकोे जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रहरी नायव निरिक्षक टिकाराम पोखरेलले जानकारी दिए । नवलपुरमा कारगार नभएपछि वडाअध्यक्ष कुमाललाई जिल्ला कारगार चितवन पठाएको पोखरेलले बताए । वडाअध्यक्ष कुमाल तनहुँका भएपनि घटना नवलपुरमा घटेकाले नवलपुरबाटै मुद्धा चलाईएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते