लमजुङ । लमजुङका शमशेरबहादुर थापा अन्तराष्ट्रियस्तरको ‘ग्लोबल टिचिङ प्राइज’ का लागि छनौट भएका छन् । विश्वका १ सय ७९ मुलुकबाट छनौट भएका ५० मध्ये नेपाली नागरिकमा उनी एकमात्र हुन् ।
आगामी मार्चमा दुवईमा सम्पन्न हुने सो पुरस्कार वितरण समारोहमा आयोजक यूके मार्की फाउण्डेसनले थापालाई पाँच रातका लागि आतेजाते खर्च समेत बेहोर्ने गरी निमन्त्रणा गरिसकेको छ।
अनलाइन माध्यमबाट उक्त पुरस्कार दाबी गनेर्मा १ सय ७९ मुलुकका झण्डै ३० हजार प्रत्यासीले फाराम भरेका थिए । तीमध्येबाट ३८ देशका ५० जना छनौैट हुनेमध्ये आफू एकजना मात्र नेपाली भएको थापाले बताए। पुरस्कार राशि एक मिलियन अमेरिकन डलर रहेको छ। त्यसको टप टेन नतिजा सार्वजनिक हुनेछ ।
वेशीशहर–३, गाउँशहरका स्थायी बासिन्दा थापाले करिब ८ वर्ष डायमण्ड हिल एकेडेमीको प्रिन्सिपल रहेर सेवा गरे । थापाले २०७२ सालदेखि आफ्नै गाउँमा हेभेन हिल एकेडेमी र चण्डिस्थानमा न्यू भिजन एकेडेमीको संस्थापक प्रिन्सिपल रहेर सञ्चालन गर्दै आएका छन्।
अंग्रेजी माध्यमबाट पढाई हुने ती विद्यालयमा फि अनिवार्यता छैन । गरीब परिवारका विद्यार्थीले सो विद्यालय पढ्छन् । हेभेन हिल एकेडेमीमा कक्षा–४ सम्म र न्यू भिजन एकेडेमीमा पूर्वप्राथमिक शिक्षाको पढाइ हुँदैआएको छ ।
थापानका अनुसार विद्यार्थीलाई आवश्यक किताव, कापी, कलममात्र नभई पोशाकको समेत प्रबन्ध विद्यालय सञ्चालकतर्फबाट गर्ने गरिएको छ। विद्यालय पूर्णबालमैत्री वातावरणमा अध्यापन गर्ने गरिएको थापाको भनाइ छ। उनका अनुसार विद्यालयको पोशाकमा पूरै नेपालीपन झल्कने गरी तय गरिएको छ। टाइ लगायत वस्तुको प्रयोग गरिँदैन ।
बिहान प्रार्थना हुनुअघि विद्यार्थीलाई नाच्न लगाइन्छ, घोड चढी त्यो विद्यालयको अर्को विशेषता रहेको थापाको भनाइ छ। उनले भने ‘घोड चढीले विद्यार्थीमा आत्मविश्वास बढ्ने, साहसी स्वभावको विकास हुने देखिएको छ।’
विद्यालयमा शनिबार विद्यार्थीलाई कुकिङ सीप सिकाइन्छ। त्यसले बालबालिकाहरूमा सिर्जनात्मक क्षमताको अभिवृद्धि हुनुका साथै बालबालिकाले विभिन्न परिकार खान पाउने हुँदा उनीहरूलाई कुपोषणबाट बचाउन र पढाइप्रति रुचि जागृत गर्न मद्दत मिल्ने थापाको भनाइ छ
विद्यालयमा देखिएको सोही वातावरणका आधारमा आफूलाई पुरस्कारका लागि छनौट गरिएको हुन सक्ने उनले अनुमान गरे । यसअघि उनले ‘टिचिङ एक्सिलेन्ट अवार्ड–२०१८’ प्राप्त गरेका थिए ।
https://www.globalteacherprize.org/finalists/2019-finalists/
सम्बन्धित खबर
लमजुङको दूधपोखरीमा डुबेका १८ वर्षीय मनोजको शव डेढ महिनापछि सशस्त्रले निकाल्यो
लमजुङको दूधपोखरीमा नुहाउने क्रममा भुजुङका १८ वर्षीय किशोर बेपत्ता
लमजुङमा पहिरोले पुरिएर मजदुरको मृत्यु
लमजुङ कारागारको पर्खाल भत्किएपछि सबै कैदी र थुनुवालाई पोखरा र दमौली सारियो
बेँसीसहर–चामे सडकमा राति सवारी सञ्चालनमा रोक
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की