पोखरा । क्यामरुनको डफिन्स क्लब परिवारले पोखराको मैदानमा पहिलो सहभागितामै उपाधि उचाल्न सफल भएको छ । यो सँगै झण्डै डेढ दशकपछि पोखराको फुटबल मैदानबाट दोस्रो पटक उपाधि विदेशी टीमले उचाल्न सफल बन्यो । मनकामना केबलकार पोखरा कपको आज भएको फाइनल खेलमा शसस्त्र प्रहरी बलको एपीएफ क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो । क्यामरुनका यान्निकले ५४ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । पोखराकै मैदानमा १४ वर्षअघि आहा गोल्डकपमा अफ्रिकन युनाईटेडले अर्को विभागीय टीम नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो ।
कास्की जिल्ला फुटबल संघको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा सञ्चालित पोखरा कपको छैटौं संस्करणको मनकामना केवलकार पोखरा कपमा एपीएफका गोलकिपर राजु नगरकोटीले सवोत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरको पुरस्कार थापे । उनले पुरस्कार स्वरुप यामहाको मोटरसाईकल प्राप्त गरे ।

उत्कृष्ठ डिफेन्सबाट एपीएफकै रमेश दंगाल घोषित भए । उत्कृष्ठ मिडफिल्डको पुरस्कार भने मनाङ मस्र्याङ्दीका हेमन्त गुरुङ भए । उत्कृष्ट स्ट्राईकरको पुरस्कार भने क्यामरुनका यान्निक घोषित भए । उत्कृष्ठ प्रशिक्षक भने एपीएफका प्रशिक्षक राजेन्द्र तामाङ घोषित भएका छन् ।
पोखराको फुटबल विकासमा योगदान दिएको भन्दै पोखराका उत्तम गुरुङलाई स्कुटर प्रदान गरिएको छ । फुटबल संघले प्रदान गर्ने पत्रकारिता पुरस्कार भने पत्रकार उमेश पुनलाई प्रदान गरिएको छ ।
विजेताले सात लाख ५५ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता एपीएफले चार लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ । उत्कृष्ठ पाँच विधा बेष्ट फरवार्ड, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट गोलकिपर र बेष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिएको थियो । विजेता तथा उपविजेता खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष कृष्ण थापा, कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए ।
तस्विरः गोलनेपाल डटकम
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने