पोखरा । पोखराको प्रत्येक बजेट भाषण र हाकिम फेरिएसँगै जोडिने ट्राफिक लाइट जडानको विषय अहिले फेरि अगाडि बढेको छ । सडक डिभिजन कार्यालय र पोखरा महानगरपालिकाको समन्वयमा पोखराका १० ठाउँमा ट्राफिक लाइट राख्न सर्भे सुरु भएको छ ।
सडक डिभिजन कार्यालयले, अमरसिंह, पृथ्वीचोक, जिरो किलोमिटर, बिरौटा चोक र सिर्जना चोकमा २४ सै घन्टा ट्राफिक लाइट चलाउने गरी सर्भे गरिरहेको छ । मुख्य चोकमा क्यामरा जडान गरी सर्भेको काम भइरहेको सडक डिभिजन प्रमुख हरिकुमार पोखरेलले जानकारी दिए । सभागृह, सिर्जनाचोक, महेन्द्रपुल, चिप्लेढुंगा चोकमा रहेका ट्राफिक लाइट लोकतान्त्रिक आन्दोलनताका भाँचिएका थिए ।
सडक डिभिजन कार्यालयबाट सर्भे गरिरहेको टोलीलाई पोखरा महानगरपालिकाले पनि समन्वय गरी सर्भेको काम अगाडि बढाइरहेको छ । मुख्य राजमार्गसँग जोडिएका चोकमा सडक डिभिजन र अन्य चोकमा महानगरले ट्राफिक लाइट जडान गर्ने योजना रहेको छ ।
महानगरपालिकाले चिप्लेढुंगा चोक, महेन्द्रपुल, सभागृह चोक, राष्ट्रबैंक चोक र हलनचोकमा ट्राफिक लाइट जडान गर्ने योजनासहित सर्भे अगाडि बढाएको मेयर मानबहादुर जिसीले जानकारी दिए । पोखरा महानगरले यस्ता विभिन्न पूर्वाधार निर्माणका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सर्भेपछि डीपीआरसहित रिपोर्ट आउने र त्यसपछि ट्राफिक लाइट जडानको काम अघि बढ्ने मेयर जीसीको भनाइ छ ।
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो