केही दिनदेखि जारी वर्षा र हिमपात रोकिएर आजदेखि झलमल्ल घाम लागेको छ । विहानैदेखि पोखरा तथा वरपरका गाउँमा मौसम खुलेको छ । हिमालहरु ढपक्क हिउँले ढाकिएको दृष्य प्रष्ट देख्न सकिन्छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले पश्चिमी वायुको शक्तिशाली न्यून चापीय प्रणाली शनिबार राति बाहिरिएकाले आइतवार बिहानदेखि मौसममा सुधार आएको बताएका छन् । पुनः पश्चिमी क्षेत्रबाट अलि कमजोर किसिमको न्यून चापीय प्रणाली भित्रिएकाले पश्चिमी क्षेत्रमा पानी पनि पर्न सक्ने भनाई मौसमविद्को छ ।
दुई दिन अघिको पानी पार्ने शक्तिशाली किसिमको न्यून चापीय प्रणाली भने बाहिरिसकेका कारण ठूलो पानी पर्ने सम्भावना भने छैन । पश्चिमको बादल पूर्वतर्फ सर्दै आउने भएकाले सोमबार काठमाण्डौमा पानी पर्ने सम्भावना भने देखिएको छ ।
उक्त प्रणालीले मंगलबारसम्म देशका विभिन्न ठाउँमा छिटफुट वर्षाको सम्भावना देखिएको छ । तीन दिनसम्मको मौमस अनुमान गर्न सकिने भएकाले आगामी मंगलबारसम्म मौसम गडबड नै देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसअघि, बिहीबारदेखि लगातार वर्षा र हिमपातका कारण देशभरको जनजीवन प्रभावित भएको थियो।
तस्विरः सन्तोष अधिकारी
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो