किरण श्रेष्ठ, तनहुँ । तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा सातौ तनहुँ महोत्सव हुनेभएको छ । तनहुँ उद्योग वाणिज्य संघको बैठकले सातौ महोत्सव गर्ने निर्णय गरेको हो । महोत्सवका लागि आन्तरीक तयारी भएको तनहुँ उद्योग वाणिज्य संघले जनाएको छ ।
जिल्लाको व्यापार, ब्यवसाय संगै पर्यटन प्रर्वद्वन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले बताए ।
महोत्सव फागुन १६ गते देखि २७ गते सम्म संचालन हुने बताइएको छ । महोत्सवलाई अन्य महोत्सव भन्दा थप आर्कषक बनाउने तयारी भएको संघका कार्यकारी सचिव बिशेश्वर तिमलसेनाले बताए ।
सातौ तनहुँ महोत्सवका लागि विभिन्न समितिहरु गठन
महोत्सवका लागि विभिन्न समितिहरु गठन गरेको छ । फागुन १७ देखी २७ गते सम्म संचालन हुने महोत्सवका लागि तनहुँ उद्योग वाणिज्य संघ जिल्ला कार्यसमितिको शुक्रबार बसेको बैठकले सातौं तनहुँ महोत्सवको निर्णायक समिति र विभिन्न उपसमिति गठन गरेको संघका कार्यकारी सचिव विश्वेश्वर तिमल्सेनाले बताए ।
बैठकले संघका अध्यक्ष मानकाजी श्रेष्ठको अध्यक्षतामा १३ सदस्य निर्णयक समिति गठन गरेको छ । महोत्सवलाई सफल बनाउन ४३ वटा बिभिन्न उपसमितिहरु गठन गरेको संघले जनाएको छ ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते