तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको केन्द्रिय पार्षदसभा दमौलीमा सम्पन्न

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको केन्द्रिय पार्षदसभा दमौलीमा सम्पन्न

dav

dav

किरण श्रेष्ठ, तनहुँ । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको केन्द्रिय पार्षदसभा शुक्रबार देखी दमौलीमा सम्पन्न भएको छ । शुक्रवार देखि सुरु भएको पार्षदसभा शनिबार सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन सुचना तथा प्रविधी मन्त्रालयका सचिव महेन्द्रमान तमुले गरेका थिए । सोअवसरमा बोल्दै तमुले आदवासी जनजातिहरु अव आन्दोलन संघर्ष भन्दा पनि संविधान अनुसार आफ्ना हक अधिकार स्थापित गर्न आवश्यक रहेको बताए ।

 

सबैको सहमतिमा संविधान निर्माण भएको चर्चा गर्दै तमुले संविधान अनुसार बभिन्न कानुन र आयोगहरु बन्दै गरेको बताउँदै कानुनमा आफ्ना समुदायको हक अधिकार स्थापित गर्न लाग्नु पर्नेमा जोड दिए । आधुनिकता र प्रविधिलाई ध्यानमा राखेर तमुहरुको भाषा,संस्कृति र चालचलनको संरक्षण गर्न आवश्यक रहेको समेत सचिव तमुले बताए ।

कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष रेशम तमुले आदिवासी जनजातीले प्रदेश नं ४ लाई गण्डकी प्रदेश नमान्ने बताए । कार्यक्रममा देशभरका बिभिन्न आदवासी जनजातिका नेताहरुले सम्बोधन गरेका थिए ।

प्रदेश नं. ४ लाई तमूवान प्रदेश घोषणा गर्न माग गर्दै तमू हृयूला छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को ऐतिहासिक दोश्रो केन्द्रीय पार्ष सभा २०७५ तनहुँको दमौलीमा सुरु भएको थियो ।

दुइ दिनसम्म सञ्चालन भएको उक्त केन्द्रीय पार्षद सभामा राष्ट्रिय पर्व तमू ल्होसारमा सार्वजनिक विदा दिनुपर्ने, तमूहरुको आदिमथलो क्होला सोप्रे ट्होलाई विश्वसम्पदा सूचीमा सूचिकृत गरिनुपर्ने, तमू भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिनुपर्ने लगायतका मागहरु प्राथमिकता रहेका थिए ।

पार्षद सभा उद्घाटन समारोहका अवसरमा सातै प्रदेशबाट सहभागि भएका प्रतिनिधिहरुले आफ्नो जातीय पहिचान झल्कने भेषभूषामा सजिएर दमौली बजारमा साँस्कृतिक झाँकी प्रदर्शन गरेका थिए ।

 

त्यस्तै र्‍यालीमा सहभागिहरुले बहुभाषिक नीति लागू गर्नुपर्ने, भाषा, संस्कार र संस्कृतिको संरक्षण गर्नुपर्ने, संविधान संशोधन मार्फ आदिवासी जनजातिको मुद्दा सम्बोधन गर्नुपर्ने, तमुवान स्वायत्त प्रदेशको सुनिश्चितता गर्नुपर्ने, समानुपातिक निर्वाचन प्रणालीको संवैधानिक ग्यारेण्टी गरिनुपर्ने लगायतका नारा लगाएका थिए ।परिषदका महासचिव सुर्य बहादुर तमुले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद सरिता गुरुङ, पुर्व राज्यमन्त्री विशेष आइबि गुरुङ, आदिबासी जनजाती महासंघ नेपालका जगत बराम, प्रा डा. शेखर तमु, लगाएतको उपस्थित रहेको थियो ।

“सम्पूर्ण तमू (गुरुङ)हरुको आव्हान, अस्तित्व र पहिचानको लागि तमूवानको अभियान” भन्ने नाराका साथ आयोजित पार्षदसभाको तमू हृयुला छोंज धीं गुरुङ राष्ट्रिय परिषद तनहुँले व्यवस्थापन गरेको थियो

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ