पोखरा । पोखरा र आसपासका क्षेत्रमा शनिबार व्यपाक मात्रामा हिउँ परेको छ । पोखरा महानगरपालिका वडा नम्बर २३ पञ्चासे, अन्नपुर्ण गाउँपालिकाको लुम्ले, अष्ट्रियन क्याम्पमा बाक्लो हिउँ परेको छ । पञ्चासेमा करिब ४ फिट र अष्ट्रियन क्याम्पमा करिब १ फिट सम्म बाक्लो हिउँ जमेको छ ।
पोखराबाट नजिकै भएका कारण लुम्ले, पञ्चासे र अष्ट्रियन क्याम्पमा पोखराबाट युवायुवती हिउँ खेल्न जाने क्रम सुरु भएको छ । यस्तै, पोखराबाट नजिक रहेको सिक्लेस गाउँमा पनि बाक्लो हिउँ जमेको पत्रकार देवीजंग गुरुङले जानकारी दिए । बिहान ८ बजेबाट हिउँ पर्न सुरु भएको गुरुङले जानकारी दिए ।
हिउँ परेपछी गाउँ सेताम्मे देखिएको छ । हिउँ परेसँगै गाउँले र पर्यटकहरु हिउँमा रमाइरहेका छन् । एक साता अघि गाउँ माथि रिसिङ डाँडासम्म हिउँ परे पनि शनिबार भने गाउँमै हिउँ परेको हो । सरकारले सिक्लेसलाइ पर्यटकिय गाउँ घोषणा गरे पछि पर्यटकहरु बढेको र हिउँ पर्ने भएपछि अझ बढ्ने अनुमान गरिएको छ ।
पोखरामा पछिल्लो चौबिस घण्टामा ३५.७ मिलिमिटर वर्षा भएको छ । यस्तै, अधिकतम तापक्रम १८.९ डिग्री सेल्सियस छ भने न्युनतम तापक्रम ७.२ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सिक्लेसमा हिमपातका केही तस्बिर:





लुम्लेमा हिमपातका केहि तस्विरः


तस्विरः राज गुरुङ/देवीजंग गुरुङ
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो