गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
गण्डकन्यूज , पोखरा । कक्षा ५ मा पढ्ने विद्यार्थीहरु एक आपसमा झगडा हुँदा एक जनाको ज्यान नै गएको छ । पोखरा महानगरपालिका वडा नं. १३ स्थित भद्रकाली माध्यमिक विद्यालयमा पढ्ने होमबहादुर बिक र आशिष गुरुङबीच शौचालयमा झगडा भएको थियो । दुवै जना १५ वर्षका हुन् । पिटाइबाट घाईते भएका होमको शुक्रबार मनिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । सोहि दिनदेखि बहोस उनी आइसियूमा उपचाररत थिए ।
माघ २० गते नियमित कक्षा सकिएपछि ४ बजेपछि दुई जना सहपाठी पिशाव गर्न शौचालय गएको उनका साथीहरुले बताएका छन् । होमले पिशाव गरिरहँदा आशिषले गालाको ¥याल निकाल्दिन्छु भन्दै गालामा हाने । होमबहादुरको गालामा पूरानो घाउ थियो । जसलाई विद्यालयले पुरानो ट्युमर भनेको छ । आशिष पनि चकचक गरिरहने केटा रहेको उनकै बुबा नन्दसिंह गुरुङले पनि बताएका छन् । आशिषले पिटेपछि उसले पनि आशिषलाई पछारेको साथीहरुले भनाई छ । होमको गाला त्यसपछि सुनिँदै गयो ।
त्यसपछि होम कक्षाकोठातिर गए । शिक्षिकाले होमको आमालाई फोन गरेर सानोतिनो चोट लागेको छ आउनुस् भनेर बोलाएको आमा खिमकुमारी बिकले बताएकी छिन् । त्यसपछि तत्काल होमलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा सिटी स्क्यान गर्नपर्छ भनेर मनिपाल रिफर ग¥यो । मनिपाल ईमर्जेन्सीमा भर्ना गरेर उनको शल्यक्रिया गरियो । अप्रेशन गरेका डा. कृष्ण कोइरालाले पहिल्यैदेखि स्वास्थ्य समस्या रहेकाले सोचेजति स्वास्थ्यमा प्रगति नभएको र ब्रेन डेथ भइसकेको बताए । होमका आफन्तले सामान्य घाउको निहुँ बनाउन नहुने भन्दै स्कुलले नै जिम्मेवारी लिनुपर्ने बताएका छन् । तर, विद्यालयले भने ट्वाइलेमा भएको झगडामा के गर्न सकिन्छ ? भनेको छ । आमा खिमकुमारीले रुँदै भनिन् ‘ट्युशन पढ्दिन ममी भन्थ्यो, मैले नै पढाएँ । खाना खुवाएर स्कुल पठाएको छोरो यस्तो भयो ।’
शिक्षिका मिनादेवी बरालले भने नियमित कक्षा सकिएपछि ट्युशन सुरु हुन १५ मिनेटजति ब्रेक हुने भएकाले सो समयमा ट्वाइलेट जाँदा घटना भएको बताएकी छिन् । उनले अभिभावक दिवसको लागि चिठ्ठी लेख्न तयारी गरिरहँदा विद्यार्थीबीच झगडा भएको सुनाईन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा बरालले भने बच्चाको पूरानो केशले गर्दा जटिल अवस्था आएको बताए । उनले भने – ‘बाबुको पुरानो केश हो । पुरानो ट्युमरमा चोट लागेर यस्तो भएको हो । हामी अत्यन्त उत्तरदायी छौं । नैतिक जिम्मेवारी पनि लिन्छौं ।’ डिएसपी रविन्द्रमान गुरुङले घटनापछि नै आशिषलाई नियन्त्रणमा लिइएको बताएका छन् ।
फेवा टेलिभिजनको हामीलाई भन्नु छ र गण्डकी टेलिभिजनको गण्डकी छड्कमो यस विषयमा सामाग्री प्रसारण भएका छन् । यी सामाग्रीहरु तयार हुने बेलासम्म बालकको मृत्यु भइसकेको थिएन ।
हेर्नुहोस् भिडियोहरु
https://youtu.be/qA_mOde668I?t=143
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो